२३ जेष्ठ २०८३, शनिबार
,
Latest
इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

औषधि व्यवस्था विभाग र राष्ट्रिय औषधि प्रयोगशालाको क्षमता अभिवृद्धि गरिँदै



अ+ अ-
काठमाडाैँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले औषधि व्यवस्था विभाग र राष्ट्रिय औषधि प्रयोगशालाको क्षमता अभिवृद्धि र सुदृढीकरणको गर्ने भएको छ । शुक्रवार स्वास्थ्य पत्रकार मञ्च नेपालले ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्रालयका नीति योजना महाशाखा प्रमुख डा. चुमनलाल दासले यस्तो बताएका हुन् । उनले जनशक्ति र पूर्वाधारको अभावमा यी निकायले प्रभावकारी रूपमा काम गर्न नसकेको गुनासो आइरहेका बेलासुधारका प्रक्रियाहरू अगाडि बढिसकेको जानकारी दिए। डा. दासकाअनुसार हाल राष्ट्रिय औषधि प्रयोगशालाको क्षमता वर्षमा जम्मा ५ देखि ६ सय वटा औषधिको मात्र परीक्षण गर्नसक्ने रहेको छ ।जबकि आवश्यकता ९ देखि १२ हजारसम्मको छ । यी दुवै निकायको सुदृढीकरणका लागि जनशक्ति थप गर्न संगठन तथा व्यवस्थापन सर्वेक्षणको काम अगाडि बढिसकेको डा. दासले जानकारी दिए। जनशक्तिका साथसाथै नयाँ प्रविधि र पूर्वाधार विकासको काम पनि द्रुत गतिमा अगाडि बढिरहेको उनले बताए । स्वदेशी औषधि उत्पादन प्रर्वधन गर्न अन्तर–मन्त्रालय समन्वय आवश्यक मन्त्रालयले स्वदेशी औषधि उत्पादनलाई बढावा दिन र यस क्षेत्रको नीतिगत सुधारका लागि अन्तर–मन्त्रालय समन्वयमा जोड दिएको बताएको छ । औषधि उद्योगको विकास र विस्तार स्वास्थ्य मन्त्रालयको मात्र एकल प्रयासले सम्भव नहुने भन्दै अर्थ, उद्योग र कानून मन्त्रालयको समेत सक्रिय सहभागिता हुनुपर्ने दासले बताए। डा. दासले देशको अर्थतन्त्रको मुख्य आधार नै उत्पादन भएको र उत्पादित सामग्रीलाई निर्यात गर्नसके मात्र औद्योगीकरणले सार्थकता पाउने बताए । डा. दासले हाल कायम रहेको औषधि ऐन र नियम कानूनहरूको पूर्ण पालना र कार्यान्वयनको अवस्थाबारे समीक्षा गर्नुपर्ने बेला आएको बताए । कतिपय अवस्थामा बैठकहरू नबस्ने, बसे पनि निर्णयहरू कार्यान्वयन नहुने र भएकै नीतिहरू पनि लागू गर्न नसकिएको यथार्थलाई स्वीकार गर्दै उनले अब त्यस्तो अवस्थाको अन्त्य हुनुपर्नेमा जोड दिए।  औषधि उत्पादनका लागि कच्चा पदार्थ ल्याउनेदेखि लिएर उद्योग स्थापना, उत्पादन, गुणस्तर परीक्षण र अन्तिम उपभोक्तासम्म पुग्ने सम्पूर्ण चरणहरूमा मन्त्रालयले सहजीकरण गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ ।