१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar काठमाडौंमा दसैँ–तिहार लक्षित विशेष सुरक्षा योजना, ३ हजार ५ सय ६ प्रहरी परिचालन News Polar भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला News Polar मतदाता सहभागिता बढाउन र बदर मत घटाउन दललाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह News Polar नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता News Polar प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित, विपद् व्यवस्थापनमा विशेष समितिको गठन News Polar टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते News Polar राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? News Polar सात विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो News Polar धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिँदै News Polar ओडारमा लुकाइराखेको अवस्थामा ३ थान भरुवा बन्दुक बरामद News Polar संसदको कार्यशैलीप्रति आचार्यको प्रश्न : ‘संसद बोल्ने मञ्च मात्र हो कि समाधान खोज्ने ?’ News Polar काठमाडौं क्लाइमेट विक २०२६ सुरु, जलवायु न्यायदेखि विश्वव्यापी कूटनीतिसम्म बहस हुने News Polar दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको एमाले मुख्य सचेतक मेचेको आरोप News Polar सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल : झक्कुप्रसाद सुवेदी News Polar राष्ट्रपति पौडेलसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख

सुन्तलाखेती गर्ने कृषकलाई उब्जनी अनुदान

सुन्तलाखेती गर्ने कृषकलाई उब्जनी अनुदान
अ अ+ अ-

बागलुङ । बागलुङ नगरलाई कृषि क्षेत्रमा आत्मनिर्भर बनाउने उद्देश्यले बागलुङ नगरपालिकाले परम्परागत बाली छाडेर सुन्तला खेती गर्नेलाई उब्जनी बराबरको रकम प्रदान गरेको छ ।

परम्परागत रुपमा गरिँदै आएको खाद्य बालीबाट राम्रो प्रतिफल प्राप्त हुन नसक्ने ठाउँमा सुन्तला खेती गर्न इच्छुक किसानलाई उत्पादन बराबरको रकम प्रदान गरिएको हो ।

नगरपालिकाले यसवर्ष परम्परागत बाली त्यागेर सुन्तला खेती गरेका १२ जना किसानलाई एकमुष्ठ रु दुई लाख ६२ हजार रकम हस्तान्तरण गरेको बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो । पौडेलले बागलुङ नगरपालिका–८ सिगानामा आयोजित सुन्तला महोत्सवको समापनका अवसरमा १२ जना किसानलाई सामूहिक रुपमा रकम हस्तान्तरण गर्नुभएको थियो ।

नगरभित्रका जमीनको वर्गीकरण गरी उपयुक्त बाली लगाउ प्रोत्साहन गर्ने उद्देश्यले यस्तो अभियान शुरु गरिएको नगरप्रमुख पौडेलले बताउनुभयो । परम्परागत खेती त्यागेर फलफूल खेती गर्न इच्छुक किसानलाई पहिलो वर्ष उक्त जग्गामा उत्पादन हुने बाली वापतको रकम नगरपालिकाले दिने नीतिअनुसार वितरण गरिएको थियो । नगरपालिकाले जारी गरेको कार्यविधिअनुसार किसानले तीन रोपनीभन्दा बढी जग्गामा फलफूल खेती शुरु गरे प्रति रोपनी रु चार हजारको दरले रकम प्रदान गर्नेछ ।

“ जसले खाद्य बाली लगाएपनि उपयुक्त प्रतिफल प्राप्त गर्न सकेका छैनन् उनीहरुलाई सुन्तला खेतीका लागि आकर्षित गर्न यो अभियान थालेका हौँ । अन्य कृषि उपज उत्पादन गर्न इच्छुक किसानलाई पनि यसरी नै उब्जनी बराबरको रकम प्रदान गर्ने तयारी गरिरहेका छौँ”, नगर प्रमुख पौडेलले भन्नुभयो ।

पहाडी भूभाग भएका कारण खाद्य बाली लगाउदा दुःख बढी हुने र उत्पादन कम हुने भएकाले परम्परागत बाली त्यागेर फलफूल खेती गर्नेलाई प्रोत्साहन गर्ने नगरको अभियान सकारात्मक भएको नपा ११ का किसान ओमबहादुर केसीले बताउनुभयो । उहाँले १० रोपनी जग्गामा सुन्तला तथा कागती खेती गरिरहेको भन्दै उक्त जग्गामा वर्षभरी दुःख गर्दा पनि ४० हजार आम्दानी हुन नसक्ने ठाउँमा सुन्तला खेती गरेर लाखौँ आम्दानी गर्न सकिने देखेरै यो खेती गरेको बताउनुभयो ।