९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा News Polar विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन लुम्बिनी प्रदेश सरकारकाे आग्रह News Polar काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरोः यातायात प्रभावित News Polar भोटेकोशी बाढी विश्वकै लागि पनि चेतावनी होः प्रधानमन्त्री News Polar बेनी–जोमसोम–कोरला सडकमा राति गाडी चलाउन नपाइने News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल News Polar लगातार वर्षापछि तीन राजमार्गमा यातायात रोक, त्रिभुवन राजपथ सुचारु News Polar शाहको राष्ट्रसंघ सम्बोधनलाई योगेश भट्टराईले दिए सकारात्मक प्रतिक्रिया News Polar वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः मन्त्री मेहता News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध

खर्बपति उद्योगीदेखि मुलुकको ढुकुटी चलाएका पूर्वअर्थमन्त्रीसम्मै पराजित

खर्बपति उद्योगीदेखि मुलुकको ढुकुटी चलाएका पूर्वअर्थमन्त्रीसम्मै पराजित
अ अ+ अ-

काठमाडाैँ । हालै भएको प्रतिनिधि सभा चुनावमा खर्बपति उद्योगीदेखि पूर्व अर्थमन्त्रीसम्मले हार व्यहोर्नुपरेको छ । लामोसमय देशको ढुकुटी सम्हालेकादेखि उद्योगपतिहरुलाई खासगरी रास्वपाको लहरले बढारेको हो ।

नेपाली कांग्रेसले नवलपरासी पश्चिम–१ बाट खर्बपति व्यवसायी विनोद चौधरीलाई दोस्रोपटक उम्मेदवार बनाएको थियो । फोब्र्सको सूचीमा सूचीकृत एकमात्रै नेपाली व्यवसायी चौधरी २०७९ को निर्वाचनमा पनि यही क्षेत्रबाट २९ हजार ५ सय १९ मतसहित निर्वाचित भएका थिए । तर उनले यसपटकको चुनावमा हार व्यहोर्नुपर्‍यो । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मनिष खनालले ठूलो मतान्तरले पाराजित गरे ।

काँग्रेसले मोरङ–३ मा उम्मेदवार बनाएका सुनिल शर्मा मेडिकल कलेज व्यवसायी थिए । उनले पनि यसपटकको चुनाव हारेका छन् । काठमाडौं मेडिकल कलेज र नोबल मेडिकल कलेजका सञ्चालक शर्माले जलविद्युत आयोजनामा पनि लगानी गर्न लागेका  उनी यसअघिको निर्वाचनमा मोरङ–३ बाटै निर्वाचित भएका थिए तर यसपटक उनलाई रास्वपा उम्मेदवार गशेष कार्कीले हराएका छन् ।

त्यस्तै मुक्तिनाथ विकास बैंकका दुवै पूर्वअध्यक्ष भिडेका थिए । स्याङ्जामा नेपाली काँग्रेसले भरतराज ढकाललाई उम्मेदवार बनाएको थियो । सोही क्षेत्रबाटै एमालेले मीनप्रसाद गुरुङलाई टिकट दिएको थियो । दुवैजना स्याङ्जाबाट सहकारीका रुपमा सुरु भएर हाल राष्ट्रियस्तरको विकास बैंक बनेको मुक्तिनाथका पूर्वअध्यक्ष थिए । तर उनीहरु दुवैले हार व्येहोरे ।

स्याङ्जा–१ बाट रास्वपाका उम्मेदवार बनेका धनञ्जय रेग्मीले २९ हजार भन्दा बढि मत ल्याएर दुवैलाई हराए । रेग्मी नेपाल पर्यटन बोर्डका पूर्वसीइओ हुन् । उनको होटल तथा पर्यटन व्यवसायमा लगानी छ ।

उता जनमत पार्टीका तर्फबाट सिरहा–४ को उम्मेदवार बनेका वीरेन्द्रकुमार महतोले पनि हार व्यहोर्नुप¥यो । महतोको बैंकिङ, जलविद्युत, शिक्षा लगायत क्षेत्रमा लगानी छ । उनी माछापुच्छ्रे बैंकका पूर्वअध्यक्ष हुन् । महतो गत निर्वाचनमा सोही क्षेत्रमा जनता समाजवादी पार्टीबाट निर्वाचित भएका थिए । तर यसपटक रास्वपाका उम्मेदवार तपेश्वर यादवले ३६ हजार भन्दा बढी मत ल्याएर उनलाई हराएका छन् । महतो यसपटकको चुनावमा तेस्रो हुन पुगे

अबकी बार सय पारको नारा लिएर चुनावमा होमिएको काँग्रेसले धादिङ–२ मा रमेश धमलालाई उम्मेदवार बनाएको थियो । उनी पर्यटन व्यवसायी थिए ।

होटल तथा पर्यटन व्यवसायमा लगानी रहेका धमला ट्रेकिङ एजेन्सिज एसाेसिएशन अफ नेपाल (टान)का पूर्वअध्यक्ष रहेका उनलाई पनि रास्वपा उम्मेदवार बोधनारायण श्रेष्ठले भारी मतले हराएका छन् । धमलाले २० हजार मत ल्याउँदा श्रेष्ठले २६ हजार मत ल्याएर जित हासिल गरेका थिए । काँग्रेसका तर्फबाट धादिङ–१ मा उम्मेदवार बनेका कृष्ण रिजाल पनि पर्यटन व्यवसायी  थिए । रिजाल पर्यटन बोर्डका सदस्य थिए तर उनले यसपटकको चुनावममा लज्जास्पद हार व्यहोर्नु परेको छ । रास्वपा नेतृ आशिका तामाङले करिव ४० हजार भोट ल्याएर त्यस क्षेत्रबाट जित रिजालले १० हजार मात्रै भोट ल्याए ।

कांग्रेसले रसुवामा उम्मेदवार बनाएका मोहन आचार्य निर्माण व्यवसायी थिए । उनले भकने यसपटकको चुनावमा जितेका छन् । रास्वपा उम्मेदवार वसन्त भट्ट यसपटक उनको मुख्य प्रतिष्पर्धी बने ।  गोरखा–१ मा काँग्रेसबाट उम्मेदवार बनेका प्रेम खत्री पर्यटन तथा घरजग्गा व्यवसायी थिए । पिके भेन्चर्सका प्रवन्ध निर्देशक खत्रीले यसपटकको चुनावमा हार व्यहोर्नुपर्‍यो । उक्त क्षेत्रबाट रास्वपाका सुधन गुरुङले २६ हजार भन्दा बढि भोट ल्याएर चुनाव जितेका छन् ।

योशदा फुड्सका मालिक चुन्नप्रसाद शर्माले पनि यसपटकको चुनावमा हार व्यहोरेका छन् । बुटवल अस्पतालका पनि अध्यक्ष रहेका काँग्रेस उम्मेदवार शर्मा रुपन्देही–२ बाट चुनाव लडेकोमा रास्वपाका सुलभ खरेलले उनलाई हराएका छन् । सुलभले ५६ हजार भन्दा बढि मत ल्याए जित हासिल गर्दा शर्माले १० हजार पनि मत ल्याउन सकेनन् ।

यता,  एमालेले कपिलवस्तु–३ मा वीरेन्द्रकुमार कनौडियालाई उम्मेदवार बनाएको थियो । उनी काँग्रेस परित्याग गरेर एमालेबाट उम्मेदवार बनेका थिए । लुम्बिनी सुगर मिल्सका अध्यक्ष  समेत रहेको यसपटकको चुनावमा पराजीत भए । उनलाई काँग्रेसका उम्मेदवार अभिषेक प्राताप शाहले चुनावमा हारए । शाहले २३ हजार भन्दा बढि मत ल्याएर विजयी हुँदा कनौडियाले १४ हजार ७ सय मत ल्याएर हारेका छन् ।

यता, यसपटकको चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्षसमेत रहेका डिपी अर्याल काठमाडौँ–९ बाट उम्मेदवार बनेका थिए । उनी भने सफल भएका छन् । उनले भारी मतका साथ कांग्रेस एमाले माओवादीका उम्मेदवारहरूलाई हराए । अर्यालको पर्यटन, वैदेशिक रोजगार र रेमिटेन्स व्यवसायमा लगानी छ । उनी अघिल्लो निर्वाचनमा समानुपातिकतर्फबाट सांसद थिए ।

पूर्वअर्थमन्त्रीले पनि हारे

यसपटकको चुनाव पूर्वअर्थमन्त्रीहरुका लागि पनि शुभ रहेन् । एमालेका उपाध्यक्ष तथा पाँचपटक अर्थमन्त्री भएका नेता विष्णुप्रसाद पौडेल रुपन्देही क्षेत्र नं २ बाट फराकिलो मतान्तरले पराजित भए । उनी राष्ट्रिय स्वतन्त्र पार्टीका सुलभ खरेलसँग हारे । खरेलले ५६ हजार ५ सय ५० मत ल्याउँदा पौडेलले १२ हजार ८ सय ६१ मत मात्र पाएको निर्वाचन आयोगले जनाएको छ ।

पौडेल एमाले अध्यक्ष ओलीका विश्वासिला पात्र पनि मानिन्थे भने २०७२ देखि हालसम्म ५ पटकसम्म उनले मुलुकको ढुकुटी सम्हालेका थिए । अर्का नेपाली काँग्रेसका नेता तथा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सुनसरी– ४ बाट पराजित भएका छन् । उनलाई कार्कीलाई राष्ट्रिय स्वतन्त्र पार्टीका दीपककुमार शाहले हराएका छन्  ।

त्यस्तै, अर्थमन्त्री भइसकेका काँग्रेसकै वरिष्ठ नेता डा. प्रकाशशरण महतले नुवाकोट निर्वाचन क्षेत्र १ बाट हारेका छन् । त्यहाँबाट राष्ट्रिय स्वतन्त्र पार्टीका विक्रम तिमिल्सिनाले जितेकबा छन् ।

यसपटक निर्वाचनमा भाग लिएका पूर्व अर्थमन्त्रीहरूमध्ये वर्षमान पुन मात्रै विजयी भएका छन् । उनी रोल्पाबाट २७ हजार ४ सय ६० मत प्रप्त गर्दै विजय भए ।

यसपटकको चुनावमा पूर्व अर्थराज्यमन्त्री उदयशमशेर राणा पनि निर्वाचनमा पराजित भए । ललितपुर क्षेत्र नम्बर १ बाट चुनाव उठेका उनी रास्वपाका उम्मेदवार बुद्धरत्न महर्जनसँग पराजित भए । महर्जनले २३ हजार ३ सय ७३ मत ल्याउँदा जबराले १३ हजार ५ सय २० मत मात्रै प्राप्त गर्न सफल भएका थिए ।

पूर्वअर्थमन्त्री जनार्दन शर्मा रुकुम पश्चिमबाट हार व्यहोरेका छन् । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता रहेका उनले तेस्रो स्थानमा चित्त बुझाउनुपरेको छ । उनका प्रतिष्पर्धा नेपाली कम्युनिष्ट पार्टीका गोपाल शर्माले २१ हजार ६ सय ९ मत ल्याई विजयी भए ।

उनी रुकुम जिल्लाबाट २०६४ साल यताका संसदीय निर्वाचनमा निरन्तर विजयी हुँदै आएका थिए । पूर्वअर्थमन्त्री भइसकेका बाबुराम भट्टराई, महेश आचार्यहरु भने यसपटक चुनाव लड्ने आँट नै गरेनन् ।