२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व संकलन भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणः बालबालिकासहित १२ जनाको मृत्यु इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान बिहानै मदिराले मातेपछि…
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्वतमा रास्वपाको प्रभुत्व, समानुपातिकतर्फ दोब्बरभन्दा बढी मत



अ+ अ-

काठमाडाैँ । पर्वतमा समानुपातिक निर्वाचनतर्फ मतगणना सम्पन्न भएको छ। आजको अन्तिम नतिजाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अन्य दलको तुलनामा दोब्बरभन्दा बढी मत पाएको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार रास्वपाको घण्टी चिह्नले ३०,७३५ मत प्राप्त गरेको छ। दोस्रो स्थानमा नेपाली कांग्रेस १३,८७४ मतसहित, र तेस्रोमा नेकपा (एमाले) १३,३५० मतसहित छन्। नेपाली कम्युनिष्ट पार्टीले ३,३८४ मत पाएको छ। यसरी हेर्दा एमाले, कांग्रेस र नेकपाले पाएको मतको कुल योग रास्वपाको मतको बराबरजस्तै छ।

साना दलमा राष्ट्रिय प्रजातन्त्र पार्टीले १,४७७ मत, राष्ट्रिय जनमोर्चाले १२८ मत पाएको छ। पर्वतमा समानुपातिकतर्फ १५ वटा दलले मत पाएका थिए, अन्य दलको मत १०० भन्दा कम थियो।

प्रत्यक्षतर्फ रास्वपाका उम्मेदवार सागर भुसाल फराकिलो मतान्तरले विजयी भएका छन्। प्रत्यक्ष र समानुपातिक दुवै तर्फ कांग्रेस दोस्रो, एमाले तेस्रो, नेकपा चौथो र राप्रपा पाँचौँ स्थानमा परेका छन्।

पर्वतमा अघि नेकपा (एमाले)का पदम गिरी लगातार दुई पटक विजयी भएका थिए भने त्यसअघि कांग्रेसका अर्जुनप्रसाद जोशी तीन पटक विजयी भएका थिए। नागरिकको पुराना दल र पटकपटक विजयी उम्मेदवारप्रति असन्तुष्टि बढ्दा यसपटक रास्वपा उम्मेदवार भुसाल विजयी भएका हुन्।

समानुपातिकतर्फ पर्वतमा कुल ६६,२८७ मत खसेकोमा १,६५४ मत बदर भएका छन्।