२३ श्रावण २०८३, शनिबार
,
Latest
प्रधानमन्त्री शाहलाई सासद झाको जवाफ: महान जनादेश पाएको सरकार एक्लो छैन बैतडीका १७८ जनाले घरमै पाए राहदानी ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी टाइफुन डल्फिनको जोखिमपछि पूर्वी चीनमा विद्यालय र पर्यटकीय गतिविधि बन्द वाग्मती सफाइ अभियानः आज चार मेट्रिकटन नकुहिने फोहर सङ्कलन जालसाजीको अभियोगमा वडाध्यक्ष पक्राउ किएभमा रूसी आक्रमण तीन जनाको मृत्यु : सैन्य अधिकारी एक महिनादेखि इलाम-राजदुवाली सडक अवरुद्ध, प्रहरीको सहयोगमा यात्रा थाइल्याण्डको विद्यालयमा भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या सात पुग्यो ‘इमान्दार कार्यकर्ताको राजनीतिक भविष्यको सुरक्षा म गर्छु, भाग्नेलाई ठाउँ छैन’: अध्यक्ष लिङदेन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुल्मीमा माछा मार्ने क्रममा युवक डुबेर मृत्यु



अ+ अ-

काठमाडाैँ । माछा मार्ने क्रममा गुल्मीको बडिगाड खोलामा एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा मुसिकोट नगरपालिका–१ अरेवा बस्ने २१ वर्षीय दीपजन दर्लामी रहेका छन्। जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिए।

स्थानीयवासी र सुरक्षाकर्मीहरूको सहयोगमा खोजतलास गर्ने क्रममा आज बिहान मुसिकोट नगरपालिकाको–१ स्थित उपल्लो राक्से क्षेत्रमा बडिगाड खोलाको कोप्चेरा पानीमा डुबेको अवस्थामा दीपजनको शव फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दीपजन आफ्नै गाउँका छिमेकी ५६ वर्षीय डम्बर दर्लामीसँग माछा मार्नका लागि जाल बोकेर गएराति बडिगाड खोलातर्फ गएको थिए। डम्बर दर्लामी घर फर्केपछि स्थानीयवासी र प्रहरीलाई घटनाको जानकारी दिएका थिए।

घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी पौदीअमराईबाट प्रहरी नायब निरीक्षक लखनलाल चौधरीको नेतृत्वमा तीन जनाको टोली घटनास्थलमा खटाइएको थियो। थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक सुदीप नेपालीको नेतृत्वमा पाँच जनाको प्राविधिक टोली घटनास्थलतर्फ पठाइएको छ।