२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

 समानुपातिक मतगणना : सुर्खेतमा कांग्रेस, जुम्लामा नेकपा र सल्यानमा रास्वपा पहिलो



अ+ अ-

काठमाडाैँ । कर्णाली प्रदेशका तीन जिल्लामा समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणनामा फरक–फरक दलले अग्रता हासिल गरेका छन्। सुर्खेतमा नेपाली कांग्रेस पहिलो हुँदा जुम्लामा नेकपा र सल्यानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अगाडि देखिएका छन्।

कर्णाली, २५ फागुन। सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ मा समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणनामा नेपाली कांग्रेस पहिलो बनेको छ। निर्वाचन अधिकृत कैलाशप्रसाद भट्टराईका अनुसार कांग्रेसले २३ हजार ४२३ मत प्राप्त गर्दै पहिलो स्थान सुरक्षित गरेको हो।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) २० हजार ५२७ मतसहित दोस्रो स्थानमा रहेको छ। नेकपा एमालेले १६ हजार ९५२ मत प्राप्त गर्दै तेस्रो स्थानमा पुगेको छ भने नेपाली कम्युनिष्ट पार्टीले दुई हजार ८०७ मत प्राप्त गरेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले एक हजार १४९ मत प्राप्त गर्दा श्रम संस्कृति पार्टीले ९५२ मत पाएको निर्वाचन अधिकृत भट्टराईले जानकारी दिए।

सुर्खेत–१ मा कुल एक लाख २२ हजार ९०२ मतदाता रहेकोमा ६९ हजार २८९ मत खसेको थियो। तीमध्ये ६७ हजार ३०७ मत सदर भएको र एक हजार ९८२ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

उता जुम्ला जिल्लामा समानुपातिकतर्फ नेपाली कम्युनिष्ट पार्टी (नेकपा) पहिलो बनेको छ। मुख्य निर्वाचन अधिकृत आनन्दराज पन्तका अनुसार नेकपाले १० हजार २०२ मत प्राप्त गर्दै अग्रता हासिल गरेको हो।

नेपाली कांग्रेसले नौ हजार ३६० मतसहित दोस्रो स्थान सुरक्षित गरेको छ भने नेकपा एमालेले छ हजार २९ मत प्राप्त गरेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले छ हजार ५५२ मत, राष्ट्रिय स्वतन्त्र पार्टीले पाँच हजार ११८ मत र नेपाल मजदुर किसान पार्टीले एक हजार ४२१ मत प्राप्त गरेका छन्।

जुम्लामा कुल ७३ हजार ७३९ मतदाता रहेकोमा ४१ हजार ४५१ मत खसेको थियो। तीमध्ये ४० हजार ११९ मत सदर भएको र एक हजार ३३२ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

त्यसैगरी सल्यानमा समानुपातिक निर्वाचन प्रणालीतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो बनेको छ। मुख्य निर्वाचन अधिकृत प्रल्हादकुमार योगीका अनुसार रास्वपाले २५ हजार ६६५ मत प्राप्त गर्दै अग्रता कायम गरेको हो।

नेपाली कम्युनिष्ट पार्टीले २० हजार ३३९ मत प्राप्त गरी दोस्रो स्थान सुरक्षित गरेको छ। नेपाली कांग्रेसले १६ हजार ६९ मत पाएको छ भने नेकपा एमालेले १४ हजार ९२ मत प्राप्त गरेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले एक हजार ४३० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत योगीले जानकारी दिए।

सल्यानमा कुल एक लाख ६२ हजार ५४५ मतदाता रहेकोमा ८३ हजार ८२५ मत खसेको थियो। तीमध्ये ८० हजार ७९० मत सदर भएको र तीन हजार ३५ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।