९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा News Polar विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन लुम्बिनी प्रदेश सरकारकाे आग्रह News Polar काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरोः यातायात प्रभावित News Polar भोटेकोशी बाढी विश्वकै लागि पनि चेतावनी होः प्रधानमन्त्री News Polar बेनी–जोमसोम–कोरला सडकमा राति गाडी चलाउन नपाइने News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल News Polar लगातार वर्षापछि तीन राजमार्गमा यातायात रोक, त्रिभुवन राजपथ सुचारु News Polar शाहको राष्ट्रसंघ सम्बोधनलाई योगेश भट्टराईले दिए सकारात्मक प्रतिक्रिया News Polar वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः मन्त्री मेहता News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध

तनहुँमा एमालेसहित २२ जनाको जमानत जफत

तनहुँमा एमालेसहित २२ जनाको जमानत जफत
अ अ+ अ-

काठमाडाैँ । तनहुँमा प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रतिस्पर्धा गरेका २२ जनाको जमानत जफत भएको छ । तनहुँ निर्वाचन क्षेत्र नं १ मा १४ र तनहुँ क्षेत्र नं २ मा आठ जनाको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

तनहुँ क्षेत्र नं १ मा १६ उम्मेदवारमध्ये एमाले (एमाले)का भगवती न्यौपाने, नेपाली कम्युनिष्ट पार्टीका विद्यानाथ ढकाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका रामदत्त जोशी, नेपाल मजदुर किसान पार्टीका रामलक्ष्मी दुवाल, मङ्गोल नेसनल अर्गनाइजेसनका प्रेमबहादुर थापा र नेपाल जनमुक्ति पार्टीका यामबहादुर आलेको जनमत जफत भएको जिल्ला निर्वाचन अधिकारी विकास लम्सालले जानकारी दिए ।

उनका अनुसार नेसनल रिपब्लिक नेपालका सुमन थापा मगर, श्रम संस्कृति पार्टीका काशिराम गुरुङ, नेपाल कम्युनिष्ट पार्टीका ओमविक्रम पन्त, उज्यालो नेपाल पार्टीका मन्जिल राना, आम जनता पार्टीका चिजामाया अधिकारी, स्वतन्त्र दीपकराज जोशी, लेखनाथ खनाल र सन्देश रानाभाट लौडारीको जनमत जफत भएको छ ।

विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं निर्वाचित प्रतिनिधिसभा सदस्य डा स्वर्णिम वाग्लेको निकटतम प्रतिस्पर्धी तनहुँ १ मा नेपाली कांग्रेसका गोविन्द भट्टराईले मात्रै पराजित भए पनि जनमत बचाउन सफल भएका छन् । वाग्लेले ३८ हजार ४० मत पाउँदा भट्टराईले १६ हजार २३१ मत पाएका थिए भने एमालेका प्रतिस्पर्धी भगवती न्यौपानेले पाँच हजार ८३० मत ल्याउनुभएको थियो । न्यौपानेको यस मतले जनमत जफत हुनबाट जोगाउन सकेन ।

तनहुँ १ मा कुल एक लाख २६ हजार ८८२ मतदातामध्ये ६८ हजार १४९ मत खसेको थियो । तीमध्ये ६५ हजार ४१९ सदर भएको छ भने दुई हजार ३० मत बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

त्यस्तै क्षेत्र नं २ तर्फ ११ जनाले उम्मेदवारी दर्ता गराएकामा नेपाली कम्युनिष्ट पार्टीका सोमबहादुर थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीका यामबहादुर ठकुरी, नेपाल मजदुर किसान पार्टीका लक्ष्मण अधिकारी, मङ्गोल नेसनल अर्गनाइजेसनका सुस्मा आले, नेपाल जनमुक्ति पार्टीका पूर्णबहादुर राना, नेपाल कम्युनिष्ट पार्टीकाका गणेशबहादुर लामगादे र राष्ट्रिय जनमुक्ति पार्टीका लालबहादुर साकी (गोतामे)को जमानत जफत भएको जिल्ला निर्वाचन अधिकारी लम्सालले जानकारी दिए ।

तनहुँ २ मा रास्वपाका श्रीराम न्यौपानेले ३२ हजार ६८७ मत ल्याएर विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका शङ्कर भण्डारी र एमालेका केदार सिग्देलले पराजित भए पनि जनमत जोगाउन सफल भएका छन्। विजयी रास्वपाका श्रीराम न्यौपानेका प्रतिस्पर्धी नेपाली कांग्रेसका शङ्कर भण्डारीले १४ हजार १३५ र एमालेका केदार सिग्देलले ११ हजार ६६८ मत ल्याएका छन् ।

तनहुँ २ मा एक लाख २७ हजार ५१५ मतदातामध्ये कुल ६६ हजार १०१ मत खसेको थियो । ६२ हजार ५०९ मत सदर भएको छ भने तीन हजार ५३२ मत बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गर्दा जमानतबापत रु १० हजार धरौटी बुझाउनुपर्छ । महिला र दलित वा अल्पसङ्ख्यक समुदाय वा आर्थिक रूपले विपन्न उम्मेदवारको हकमा सो धरौटी रकममा ५० प्रतिशत छुट हुने व्यवस्था छ । निर्वाचन क्षेत्रमा जम्मा सदर मतको १० प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारले सो धरौटी रकम फिर्ता पाउँदैन । त्यसैलाई ‘जमानत जफत’ भनिन्छ ।