काठमाडौँ: गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका घटनासम्बन्धी जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखकसहित उच्चपदस्थमाथि अनुसन्धान गरी कारबाही गर्न सिफारिस गरेको छ ।
यो पनि पढ्नुहोस- नैतिकताको कसीमा गौरीबहादुर, आयोगको विश्वसनियतामाथि नै प्रश्न !
आयोगले नेपाल प्रहरीका तत्कालीन महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङ, काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजालमाथि फौजदारी कसुरमा अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको छ ।
यो पनि पढ्नुहोस- जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन हुन्छ: प्रधानमन्त्री कार्की
पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वमा विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भण्डारी सदस्य रहेको आयोग ५ असोजमा गठन भएको थियो । आयोगले आइतबार प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाएको छ ।
आयोगले तत्कालीन राजनीतिक र सुरक्षा नेतृत्वलाई जवाफदेही बनाउनुपर्ने निष्कर्ष दिएको एक सदस्यले न्यूजपोलारलाई जानकारी दिनुभयो ।
यो पनि पढ्नुहोस- कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन
प्रतिवेदनमा रास्वपा सभापति रवि लामिछाने २४ भदौमा ललितपुरस्थित नक्खु कारागारबाट बाहिर निस्किएको घटनादेखि काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर बालेन्द्र शाहसम्मको भूमिकाबारे समेत उल्लेख गरिएको उहाँले जानकारी दिनुभयो ।
भदौको २३ र २४ गते भएको जेन–जी आन्दोलनमा ७६ जनाको ज्यान गएको थियो ।











