२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य पूर्वप्रधानन्यायाधीश रेग्मीद्वारा संविधान संशोधनमा मूल मर्म जोगाउँदै शासकीय स्थायित्वमा जोड सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमरेशका भतिजले सर्लाहीमा कांग्रेस नेतामाथि गरे आक्रमण, घाइते नेता अस्पताल भर्ना



अ+ अ-

काठमाडाैँ । सर्लाहीको बलरा नगरपालिका–४ मा नेपाली कांग्रेसका नेता तथा पूर्व प्रमुख जिल्ला अधिकारी डा. कमलेश्वर सिन्हामाथि आक्रमण भएको छ। मध्यान्ह १२ बजेपछि बलरा–४ स्थित राजेश सिंहको घरको पूर्व तथा सुनिल सिंहको घरको उत्तरतर्फ रहेको बाटोमा आक्रमण भएको कांग्रेसका स्थानीय युवा नेता नवीन कुशहवाले जानकारी दिएका छन्।

डा. सिन्हा आफ्ना छोरा र नातिसँगै स्कार्पियो गाडीमा बसेको अवस्थामा केही व्यक्तिहरूले ज्यान लिने गरी सिधै ताकेर इट्टाले आक्रमण गरेको गाडीमा सँगै रहेका सिन्हाका नाती शनिकुमार सिंहले जानकारी दिए ।

सर्लाही क्षेत्र नं. ४ का राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित भएका अमरेशकुमार सिंहका भतिजा तथा राष्ट्रिय अनुसन्धान कार्यालय धनुषाका सूचक गोपेशकुमार सिंह र बलरा–४ का पंकजकुमार झाले आक्रमण गरेको सिंहले जानकारी दिएका छन् ।

आक्रमणबाट घाइते भएका डा. कमलेश्वर सिन्हालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ। आक्रमणकारीहरूले हानेको इट्टा रोक्ने क्रममा हात र शरीरका विभिन्न भागमा चोट लागेको घाइते सिन्हाले बताएका छन् ।

यस घटनाप्रति नेपाली कांग्रेस सर्लाही क्षेत्र नं. ४ ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विजय जुलुसको क्रममा डा. सिन्हामाथि ज्यान लिने गरी आक्रमण भएको आरोप लगाउँदै कांग्रेसले दोषीमाथि कानूनबमोजिम कारबाही गर्न प्रशासनसँग माग गरेको छ।

कांग्रेस कार्यकर्ताले यस्ता गतिविधि दोहोरिन नदिन सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै दोषीलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न माग गरेका छन् ।
साथै, यस्ता घटनाविरुद्ध आफूहरू चुप लागेर नबस्ने चेतावनी पनि कांग्रेस कार्यकर्ताहरूले दिएका छन्।

घटनाबारे जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयहरूमा समेत जानकारी दिइसकिएको घाइते सिन्हाले बताएका छन्। प्रहरीले पनि घटनाबारे अनुसन्धान शुरू गरेको जनाएको छ।




भर्खरै