९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सप्तकोशीमा बाढी बढ्दो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह News Polar कञ्चनपुरमा तीन वटै सुरक्षा निकायलाई ‘चनाखो’ News Polar विश्व फार्मासिस्ट दिवसः औषधिको सुरक्षित प्रयोगमा फार्मासिस्टको भूमिका महत्वपूर्ण News Polar बाजुरामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन News Polar प्रतिकूल मौसमका कारण उडान प्रभावित News Polar वर्षाका कारण चितवनका सबै विद्यालय बन्द News Polar च्यासलमा खोलाको बहाव बढेपछि गृहमन्त्री गुरुङद्वारा स्थलगत अवलोकन News Polar प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’ News Polar पहिरोसहित रुख ढलेर अवरुद्ध सिद्धार्थ राजमार्ग सुचारु News Polar बीसौँ एसियाली खेलकुदः नेपालसामु १०३ रनको लक्ष्य News Polar त्रिशूली नदीले सडकको जग कटान गरेपछि कुरिनटारमा पृथ्वी राजमार्ग भासियो News Polar ढोरपाटनमा सिकार याम सुरुः दश नाउर र सात झारलका लागि अनुमति News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar राष्ट्रसंघमा बालेनको सम्बोधनले नेपालको आवाज विश्वमञ्चमा पुगेको क्रान्तिशिखाको भनाइ News Polar कान्ति राजमार्ग अवरुद्धः पहिरो र अव्यवस्थित ढल निकासका कारण सडक जोखिममा News Polar आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने News Polar रोशी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि बीपी राजमार्ग अवरुद्ध News Polar सुनचाँदीको मूल्य घट्यो News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित) News Polar मनसुनजन्य विपद्: अझै तर्सिरहन्छ टीकाभैरव

पाल्पाका युवाद्वारा सोमबारदेखि महाकाली-मेची साइकल यात्रा

पाल्पाका युवाद्वारा सोमबारदेखि महाकाली-मेची साइकल यात्रा
अ अ+ अ-

काठमाडाैँ । पाल्पाका तीन जना युवाले महाकाली-मेची साइकल यात्रा गर्ने भएका छन् । शान्तिको सन्देश विश्वभर फैलाउने उद्देश्यसहित उनीहरूले महाकाली-मेची साइकल यात्रा गर्न लागेका हुन् ।

यहाँका २५ वर्षीय शान्तम थैबा, ३७ वर्षीय विज्ञान बज्राचार्य र २४ वर्षीय सुविनमान बज्राचार्यले साइकल यात्रा गर्न लागेका हुन् । सोमबारदेखि नेपालको पश्चिमी सिमाना महाकालीबाट साइकल यात्रा सुरु हुनेछ । साइकल यात्रामा निस्कन लागेका युवालाई पाल्पा साइक्लिङ सङ्घले आज एक कार्यक्रमकाबिच बिदाइ गरेको छ ।

महाकाली नदीबाट सुरु हुने साइकल यात्रा मेची नदी पुगेर सम्पन्न हुने पाल्पा साइक्लिङ सङ्घका उपाध्यक्ष अमन शाक्यले बताए। उनका अनुसार ‘साइकल चलाऔँ नेपालभरि, शान्तिको सन्देश संसारभरि’ भन्ने मूल नाराका साथ साइकल यात्रा हुन लागेको हो । नेपालभर शान्ति, एकता, स्वास्थ्य सचेतना, वातावरण संरक्षण तथा साइकल संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले यो यात्रा हुन लागेको उपाध्यक्ष शाक्यले बताए ।

“गौतमबुद्ध जन्मेको देशमा बेलाबेलामा अशान्त हुने गर्दछ, हामी एकताको सन्देश फैलाउन चाहन्छौँ । अर्कोतर्फ अस्तव्यस्त जीवनशैलीका कारण मानिस अस्वस्थ बन्दै गएका छन्, यसले स्वस्थ रहने सन्देशसमेत प्रवाह गर्नेछ”, शाक्यले भने, “त्यसैले शान्ति र स्वास्थ्यका लागि सबैको ध्यानाकर्षण गराउन साइकल यात्रा गर्न लागेका हौँ ।” एघार दिनसम्म हुने साइकल यात्रामा ११०० किलोमिटर दूरी तय गरिने उहाँले जानकारी दिए।

टोलीलाई बिदाइ गर्ने क्रममा सङ्घका अध्यक्ष रुपेश महर्जनले शान्ति र एकताको सन्देश विश्वभर फैलाउन साइकल यात्राले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे। सङ्घले हरेक वर्ष पाल्पामा ‘हेरिटेज राइड’समेत आयोजना गर्दै आएको छ । सङ्घले जिल्लामा रहेका ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्नेगरी ‘सम्पदा साइकल राइड’ आयोजना गर्दै आएको छ ।