९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar भारी वर्षापछि त्रिभुवन राजपथमा सवारी सञ्चालनको समयतालिका तोकियो News Polar सप्तकोशीमा बाढी बढ्दो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह News Polar कञ्चनपुरमा तीन वटै सुरक्षा निकायलाई ‘चनाखो’ News Polar विश्व फार्मासिस्ट दिवसः औषधिको सुरक्षित प्रयोगमा फार्मासिस्टको भूमिका महत्वपूर्ण News Polar बाजुरामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन News Polar प्रतिकूल मौसमका कारण उडान प्रभावित News Polar वर्षाका कारण चितवनका सबै विद्यालय बन्द News Polar च्यासलमा खोलाको बहाव बढेपछि गृहमन्त्री गुरुङद्वारा स्थलगत अवलोकन News Polar प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’ News Polar पहिरोसहित रुख ढलेर अवरुद्ध सिद्धार्थ राजमार्ग सुचारु News Polar बीसौँ एसियाली खेलकुदः नेपालसामु १०३ रनको लक्ष्य News Polar त्रिशूली नदीले सडकको जग कटान गरेपछि कुरिनटारमा पृथ्वी राजमार्ग भासियो News Polar ढोरपाटनमा सिकार याम सुरुः दश नाउर र सात झारलका लागि अनुमति News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar राष्ट्रसंघमा बालेनको सम्बोधनले नेपालको आवाज विश्वमञ्चमा पुगेको क्रान्तिशिखाको भनाइ News Polar कान्ति राजमार्ग अवरुद्धः पहिरो र अव्यवस्थित ढल निकासका कारण सडक जोखिममा News Polar आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने News Polar रोशी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि बीपी राजमार्ग अवरुद्ध News Polar सुनचाँदीको मूल्य घट्यो News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित)

आमाहरू कमजोर भएको अवस्थामा कुनैपनि राष्ट्र सफल हुन सक्दैनः मल्ल

आमाहरू कमजोर भएको अवस्थामा कुनैपनि राष्ट्र सफल हुन सक्दैनः  मल्ल
अ अ+ अ-

काठमाडौं । अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै सपना प्रधान मल्लले नेपालमा महिला स्वास्थ्य र समानताको क्षेत्रमा अझै पनि गम्भीर चुनौती कायमै रहेको बताएकी छन् ।

काठमाडौं महानगरपालिका द्वारा आइतवार आयोजित कार्यक्रममा सम्बोधन गर्दै सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश मल्लले नेपालमा अझै पनि ठूलो संख्यामा महिलाहरू स्वास्थ्य समस्याबाट प्रभावित रहेको उल्लेख गरिन् । उनका अनुसार नेपालमा ४१ प्रतिशत महिलाहरू अझै पनि रक्तअल्पताबाट ग्रसित छन् भने कुपोषण नेपाली समाजको मौन संकटका रूपमा रहेको छ।

उनले आमाहरू कमजोर भएको अवस्थामा कुनै पनि राष्ट्र सफल बन्न नसक्ने धारणा व्यक्त गरिन् महिलाको पहिचान, नागरिकता र प्रजनन स्वास्थ्य अधिकारका लागि लामो संघर्षपछि केही उपलब्धि हासिल भए पनि ती अधिकारहरूको प्रभावकारी कार्यान्वयन हुन नसकेको उनको भनाइ छ।

मल्लले आमाको नामबाट नागरिकता दिने व्यवस्था स्थापित भए पनि व्यवहारिक रूपमा अझै धेरै अवरोध रहेको बताइन्। त्यस्तै प्रजनन स्वास्थ्यसम्बन्धी अधिकारलाई संविधानले मान्यता दिएको तथा सुरक्षित मातृत्वका विषयमा कानुनी व्यवस्था भए पनि कार्यान्वयनको पक्ष कमजोर रहेको उनले उल्लेख गरिन्।

उनले अहिले गर्भपतनलाई कानुनी मान्यता दिइएको भए पनि कतिपय स्थानमा जन्मिनुअघि नै छोरीलाई अस्वीकार गर्ने प्रवृत्ति देखिने गरेको बताइन्। यस्तो मानसिकता समाजभित्रै रहिरहेसम्म लैंगिक समानताको लक्ष्य हासिल गर्न कठिन हुने उनको भनाइ थियो।

मातृत्वसम्बन्धी कानुनले स्थानीय सरकारलाई बजेट निर्माण गर्दा प्रजनन स्वास्थ्यका लागि अनिवार्य रूपमा बजेट विनियोजन गर्नुपर्ने व्यवस्था गरेको उल्लेख गर्दै उनले स्थानीय तहले त्यसको प्रभावकारी कार्यान्वयनमा थप सक्रियता देखाउनुपर्नेमा जोड दिइन्।