९ भाद्र २०८३, मंगलवार
,
Latest
फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै पाँचवर्षे कार्ययोजना अघि बढाइएको छ : अर्थमन्त्री वाग्ले नुवाकोटको किस्पाङ गाउँपालिकाकाे भेडा फार्म : पर्यटकको आकर्षणदेखि बरुवाल भेडाको संरक्षणसम्म प्रधानमन्त्रीकाे चस्माबारे सांसद शाहीको टिप्पणी : ‘कालो होस् कि सेतो, काम गरे भइहाल्यो’ वर्षासँगै देशभरका विभिन्न सडकखण्ड अवरुद्ध स्वर्णजयन्ती विशेष ‘नाडा अटो साे २०२६’ काठमाडौँमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन राष्ट्रियसभाबाट विशेष सेवा ऐनसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले पारित प्रधानमन्त्रीसँग फोहोर व्यवस्थापनबारे छलफल गर्ने मेयर्स फोरमको निर्णय,सांसद तामाङको ‘दुर्व्यवहार’ बारे पनि ध्यानाकर्षण गराउने गण्डकी प्रदेश सरकारबाट बाहिरिने एमालेको निर्णय कालो चस्मा लगाउनुपर्ने स्वास्थ्य समस्या भन्दै संसद् सचिवालयमा प्रधानमन्त्री बालेनले बुझाए मेडिकल रिपोर्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

राज्यको माथिल्लो तहसम्मै महिलामाथि विभेद कायम छ : लिलादेवी गड्तौल



अ+ अ-

काठमाडौं । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित एक कार्यक्रममा पूर्वमुख्यसचिव लिलादेवी गड्तौलले राज्यको माथिल्लो तहसम्मै महिलामाथि हुने विभेद अझै कायम रहेको बताएकी छन् ।

आइतबार काठमाडौं महानगरपालिकाद्वारा आयोजित कार्यक्रममा बोल्दै उहाँले मुलुकका विभिन्न क्षेत्रमा अझै पनि महिलामाथि अन्याय र असमान व्यवहार हुने गरेको बताएकी हुन्। समाज र राज्यका संरचनाहरूमा महिलाले निरन्तर चुनौती सामना गर्नुपरेको उनको भनाइ थियो।

उनले महिला अधिकारसम्बन्धी विषयमा काम गर्ने निकायले समेत पुरुषसँग सहकार्य र छलफल नगरी अघि बढ्न नसक्ने अवस्था रहेको भन्दै यसलाई दुःखद् स्थिति भएको बताइन् । महिला अधिकारको सवालमा संरचनागत रूपमा अझै धेरै सुधार गर्नुपर्ने आवश्यकता रहेको उनले उल्लेख गरिन्।

सार्वजनिक पदमा रहेका महिलाले गरेका सकारात्मक कामको श्रेय अन्य व्यक्तिले लिने तर कमजोरी वा अपजस भने महिलामाथि मात्रै थोपर्ने प्रवृत्ति समाजमा अझै देखिने गरेको पनि गड्तौलले बताइन् । उनका अनुसार महिलाले तल्लो तहमा मात्र होइन, राज्यको माथिल्लो पदमा पुग्दा पनि विभिन्न चुनौती सामना गर्नुपरेको छ।

कार्यक्रममा बोल्दै उनले महिलाले गरेका काममा समेत “अरूले सिकाएको” भन्दै श्रेय लिन खोज्ने प्रवृत्ति पुरुषको हकमा भने कम देखिने उल्लेख गरिन्। ड्तौलले महिला अधिकारको संरक्षण र प्रभावकारी कार्यान्वयनका लागि राज्य अझ गम्भीर हुन आवश्यक रहेकोमा जोड दिइन्।




भर्खरै