९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा News Polar विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन लुम्बिनी प्रदेश सरकारकाे आग्रह News Polar काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरोः यातायात प्रभावित News Polar भोटेकोशी बाढी विश्वकै लागि पनि चेतावनी होः प्रधानमन्त्री News Polar बेनी–जोमसोम–कोरला सडकमा राति गाडी चलाउन नपाइने News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल News Polar लगातार वर्षापछि तीन राजमार्गमा यातायात रोक, त्रिभुवन राजपथ सुचारु News Polar शाहको राष्ट्रसंघ सम्बोधनलाई योगेश भट्टराईले दिए सकारात्मक प्रतिक्रिया News Polar वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः मन्त्री मेहता News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध

निर्वाचन शान्तिपूर्ण तर आचारसंहिता कार्यान्वयन र चुनावी खर्चमा व्यापक कमजोरी रहेको एन्फरेलको निष्कर्ष

निर्वाचन शान्तिपूर्ण तर आचारसंहिता कार्यान्वयन र चुनावी खर्चमा व्यापक कमजोरी रहेको एन्फरेलको निष्कर्ष
अ अ+ अ-

काठमाडाैँ । एसियाली स्वतन्त्र निर्वाचन सञ्जाल (एन्फरेल) ले नेपालको प्रतिनिधि सभा सदस्य निर्वाचन शान्तिपूर्ण र व्यवस्थित भएको निष्कर्ष निकालेको छ ।

एन्फरेलले आइतवार पत्रकार सम्मेलन गर्दै निर्वाचन शान्तिपूर्ण र व्यवस्थित भएको निष्कर्ष निकालेको हो । राजनीतिक अस्थिरताका बाबजुद जनताको उत्साहजनक सहभागिता देखिए पनि संस्थाले निर्वाचन आचारसंहिताको फितलो कार्यान्वयन, चुनावी खर्चको अपारदर्शिता र समावेशी सहभागितामा रहेका संरचनागत बाधाहरूप्रति भने चिन्ता व्यक्त गरेको छ ।

गत भदौ २३ र २४ को राजनीतिक उथलपुथलपछि ध्रुवीकृत र सङ्क्रमणकालीन वातावरणमा यो निर्वाचन सम्पन्न भएको थियो । एन्फरेलले खटाएको अन्तर्राष्ट्रिय निर्वाचन पर्यवेक्षण नियोगको प्रारम्भिक प्रतिवेदनअनुसार छोटो समय र अपूर्ण पदाधिकारीका बाबजुद नेपालको निर्वाचन आयोगले गरेको प्राविधिक तयारी सन्तोषजनक रहेको छ ।

निर्वाचन आयोगप्रति सरोकारवालाहरूको विश्वास उच्च देखिए पनि, विशेषगरी दुर्गम क्षेत्रहरूमा मतदाता शिक्षा र निर्वाचनसम्बन्धी सूचनाको पहुँचमा भने कमी रहेको औंल्याइएको छ ।

चुनावी अभियानका क्रममा आचारसंहिताको कार्यान्वयन प्रमुख चिन्ताको विषय बनेको प्रतिवेदनमा उल्लेख छ । अनुगमन संयन्त्र भएपनि कारबाही प्रक्रिया अत्यन्तै कमजोर र असंगत देखिएको एन्फरेलको निष्कर्ष छ ।

आचारसंहिता उल्लंघन र चुनावी खर्चका विषयमा बारम्बार उजुरी पर्दासमेत कारबाही नहुँदा राजनीतिक दल र उम्मेदवारहरूमा जवाफदेहिताको कमी देखिएको औंल्याइएको छ ।

चुनावी खर्चको नियमनमा गम्भीर संरचनागत कमजोरी देखिएको पनि बताइएको छ । कानूनले खर्चको सीमा तोकेको भएपनि वास्तविक खर्च तोकिएको सीमाभन्दा निकै बढी हुने गरेको उनीहरको भनाइ छ । चुनावी खर्चको विवरणमा सर्वसाधारणको पहुँच नहुँदा पारदर्शिता र सार्वजनिक निगरानीमा कमी आएको छ ।

यस्तो परिपाटीले धनी उम्मेदवारहरूलाई फाइदा पुगेको र यसले महिला तथा सीमान्तकृत समुदायका उम्मेदवारहरूलाई चुनावी प्रतिस्पर्धामा संरचनागत अवरोध खडा गरेको प्रतिवेदनको ठहर छ ।

सुरक्षा व्यवस्थाको सन्दर्भमा, मतदान केन्द्रहरूमा खटिएका सुरक्षाकर्मीहरूले शान्तिपूर्ण वातावरण कायम राख्न महत्वपूर्ण भुमिका खेलेका थिए । सुरक्षाकर्मीको बाक्लो उपस्थिति आवश्यक रहेको सरोकारवालाहरूले महशुस गरेका भएपनि मतदान केन्द्रभित्रै हतियारधारी सुरक्षाकर्मीको उपस्थितिलाई भने पर्यवेक्षकहरूले विशेष चासोका साथ लिएका छन् ।

युवा सहभागिता उत्साहजनक तर समावेशीता र पहुँचमा अझै चुनौती

महिला तथा सीमान्तकृत समुदायको न्युन प्रतिनिधित्व, दलभित्रको एकाधिकार र संरचनात्मक पहुँचको अभावलाई मुख्य चुनौतीका रूपमा औंल्याइएको छ । निर्वाचनमा युवाहरूको उत्साहजनक उपस्थिति देखिए पनि उम्मेदवारी चयनमा दलहरूले नै अवरोध खडा गरेको तथा मतदाता शिक्षा प्रभावकारी हुन नसकेको प्रतिवेदनमा उल्लेख छ ।

प्रत्यक्षतर्फको निर्वाचन प्रणालीमा महिला र सीमान्तकृत समुदायको प्रतिनिधित्व अझै पनि अत्यन्त न्युन छ । संविधानले समावेशीताको सुनिश्चितता गरे पनि व्यवहारमा त्यसो हुन नसकेको एन्फ्रेलको ठहर छ ।

यस्तै, निर्वाचन अघिको नागरिक आन्दोलन र निर्वाचनको समयमा युवाहरूको बाक्लो उपस्थिति देखिए पनि परम्परागत राजनीतिक दलहरूको संकीर्णताका कारण युवाहरूलाई उम्मेदवार बन्न र औपचारिक राजनीतिक प्रतिष्पर्धामा आउन कठिन भएको उल्लेख गरिएको छ ।

अपाङ्गता भएका र ज्येष्ठ नागरिकलाई सास्ती मतदान केन्द्रहरूको भौतिक संरचना र पहुँच अर्को प्रमुख समस्याको रूपमा देखिएको छ । विशेषगरी पहाडी र भिरालो स्थानमा रहेका विद्यालय वा सार्वजनिक भवनहरूमा मतदान केन्द्र राखिँदा अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक र शारीरिक अशक्तता भएका मतदाताले सास्ती खेप्नुपरेको छ ।

यद्यपि मतदान कर्मचारी र सुरक्षाकर्मीले सहयोग गरे पनि संरचनात्मक पहुँच भने असमान रहेको प्रतिवेदनमा भनिएको छ । अहिले युवा पुस्ताले खोजेको जवाफदेहिता, संस्थागत सुधार र राजनीतिक नविकरणको मागलाई सम्बोधन गर्ने प्रमुख जिम्मेवारी अब पुराना र नयाँ दुवै राजनीतिक दलहरूको काँधमा आएको छ।

लोकतान्त्रिक मूल्यमान्यताको सम्मान र अर्थपूर्ण सुधारप्रतिको प्रतिवद्धताले मात्र नेपालको लोकतान्त्रिक प्रणालीप्रति जनविश्वास सुदृढ गर्न सकिने प्रतिवेदनको निष्कर्ष छ ।

एसियाली स्वतन्त्र निर्वाचन सञ्जाल (एन्फरेल) सन् १९९७ मा स्थापना भएको थियो । यसले एशियामा निर्वाचन अवलोकन, क्षमता विकास र प्रवद्र्धनमार्फत लोकतान्त्रिक निर्वाचन प्रवद्र्धन गर्ने गरेको छ । यसका १८ देशमा २८ सय बढी सदस्य संस्था रहेका छन् । नेपालमा भने एन्फरेलले २०१७ को आम निर्वाचन र २०२२ को संघीय तथा प्रदेश निर्वाचनको अवलोकन गरेको थियो ।