२३ श्रावण २०८३, शनिबार
,
Latest
प्रधानमन्त्री शाहलाई सासद झाको जवाफ: महान जनादेश पाएको सरकार एक्लो छैन बैतडीका १७८ जनाले घरमै पाए राहदानी ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी टाइफुन डल्फिनको जोखिमपछि पूर्वी चीनमा विद्यालय र पर्यटकीय गतिविधि बन्द वाग्मती सफाइ अभियानः आज चार मेट्रिकटन नकुहिने फोहर सङ्कलन जालसाजीको अभियोगमा वडाध्यक्ष पक्राउ किएभमा रूसी आक्रमण तीन जनाको मृत्यु : सैन्य अधिकारी एक महिनादेखि इलाम-राजदुवाली सडक अवरुद्ध, प्रहरीको सहयोगमा यात्रा थाइल्याण्डको विद्यालयमा भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या सात पुग्यो ‘इमान्दार कार्यकर्ताको राजनीतिक भविष्यको सुरक्षा म गर्छु, भाग्नेलाई ठाउँ छैन’: अध्यक्ष लिङदेन
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिलाले चुनाव जित्दैनन भन्ने मान्यतालाई यो निर्वाचनले तोडिदियोः अध्यक्ष पराजुली



अ+ अ-

काठमाडाैँ । राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला कुमारी पराजुलीले हालै भएको निर्वाचनमा उल्लेख्य सङ्ख्यामा महिलाहरू प्रत्यक्ष निर्वाचित भएर आएकोले यसले समाज र राजनीतिमा सकारात्मक सन्देश दिएको बताएकी छन्।

११६ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आइतवार सिंहदरबारमा आयोजित कार्यक्रममा उहाँले महिलाले चुनाव जित्दैनन् भन्ने मान्यतालाई यो निर्वाचनले तोडिदिएको बताएकी हुन् । उनले प्रतिनिधि सभा सदस्यको निर्वाचनमा सामान्य तथा सार्वजनिक जीवनमा धेरै पहिचान नबनाएका महिलाहरूले ‘हेभीवेट’ भनिएका पुरुष उम्मेदवारलाई पराजित गरेको बताइन् ।

अध्यक्ष पराजुलीकाअनुसार राजनीतिक दलहरूले लामो समयदेखि महिलाले चुनाव लड्न सक्दैनन्, जित्न सक्दैनन् र उनीहरूमा नेतृत्व क्षमता छैन भन्ने धारणा राख्दै आएका थिए । तर निर्वाचन परिणामले ती धारणालाई चुनौती दिएको उनले बताइन् । यसले महिलाहरूलाई अवसर दिएमा उनीहरू अगाडि आउन सक्छन् भन्नेकुरा कुरालाई प्रमाणित गरेको उनले बताइन् ।

अध्यक्ष पराजुलीले निर्वाचन अभियानका क्रममा सुशासन, विकास र परिवर्तनका विषयमा व्यापक चर्चा भएपनि राजनीतिक दलका घोषणापत्रहरूमा लैङ्गिक समानता, महिला अधिकार, लैङ्गिक न्याय, महिला सशक्तिकरण तथा महिलाको पहुँचका विषय भने समेटिन नसकेको उल्लेख गरिन्।

उनकाअनुसार देश निर्माण र परिवर्तनको बहस चलिरहँदा महिलासम्बन्धी मुद्दा नउठाइनु गम्भीर विषय हो । अध्यक्ष पराजुलीले आगामी दिनमा राजनीतिक दलहरूले नीति तथा कार्यक्रम बनाउँदा लैङ्गिक समानता र महिला अधिकारका विषयलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइन् ।