९ भाद्र २०८३, मंगलवार
,
Latest
हर्मुजमा छ महिनामा ६८ समुद्री घटना सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना पुरुष क्रिकेटः मलेसियाले नेपाललाई दियो २३३ रनको लक्ष्य कांग्रेसको विवाद समाधान महाधिवेशन रोक्नु होइन, विश्वसनीय बनाउनु हो : देवराज चालिसे फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै पाँचवर्षे कार्ययोजना अघि बढाइएको छ : अर्थमन्त्री वाग्ले नुवाकोटको किस्पाङ गाउँपालिकाकाे भेडा फार्म : पर्यटकको आकर्षणदेखि बरुवाल भेडाको संरक्षणसम्म प्रधानमन्त्रीकाे चस्माबारे सांसद शाहीको टिप्पणी : ‘कालो होस् कि सेतो, काम गरे भइहाल्यो’ वर्षासँगै देशभरका विभिन्न सडकखण्ड अवरुद्ध स्वर्णजयन्ती विशेष ‘नाडा अटो साे २०२६’ काठमाडौँमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मकवानपुर-१ मा रास्वपाका गौतम विजयी



अ+ अ-

काठमाडाैँ । प्रतिनिधिसभा सदस्यको निर्वाचनअन्तर्गत मकवानपुर क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रकाश गौतम विजय भएका छन् । यस क्षेत्रको कुल मत ९५ हजार ३१० मध्ये ३६ हजार ३३ मतका साथ गौतम विजयी भएका छन् ।

नेपाली कांग्रेसका महालक्ष्मी उपाध्याय (डिना)ले १४ हजार ३८, नेकपा (एमाले)का रामेश्वर रानाले १२ हजार ७८३ मत, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)पा विजय गौतमले १० हजार ७८८, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका दीपकबहादुर सिंहले चार हजार ५७४ प्राप्त गरेका छन् । त्यसैगरी उज्यालो नेपालका सुरेन्द्र लामाले १० हजार २ सय ५ मत प्राप्त गरेका हुन् ।

मुख्य निर्वाचन अधिकृत गीता श्रेष्ठका अनुसार जिल्लामा रहेका कुल तीन लाख १५ हजार ४३४ मतदातामध्ये ५९ प्रतिशत अर्थात् करिब १ लाख ८६ हजार ५५१ मत खसेको हो ।




भर्खरै