२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

काभ्रेका दुवै क्षेत्रमा रास्वपाका उम्मेदवार निर्वाचित



अ+ अ-

काठमाडाैँ । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत काभ्रेपलाञ्चोकका दुवै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार निर्वाचित भएका छन् । काभ्रेपलाञ्चोक–१ बाट रास्वपाका उमेदवार मधुकुमार चौलागाईं २९ हजार ६१८ मतका साथ विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गुणराज मुक्तानले १९ हजार १६६ मत ल्याए । त्यस्तै नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का दिननाथ गौतमले १४ हजार १८४ मत ल्याउँदा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अमी लामाले १३ हजार ८१४ मत प्राप्त गरे ।

यसैगरी काभ्रेपलाञ्चोक–२ बाट रास्वपाका उमेदवार बदनकुमार भण्डारी ३५ हजार ४७६ मतान्तरले निर्वाचित भएका छन् । भण्डारीले ५३ हजार ३४४ मत प्राप्त गरेकाे छ भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका मधुप्रसाद आचार्यले १७ हजार ८६८ मत ल्याएका छन्। त्यस्तै यस क्षेत्रमा एमालेका अशोक ब्याञ्जूले १३ हजार ९४० र नेकपाका बसुन्धरा हुमागाईंले आठ हजार १०७ मत प्राप्त गरे ।

काभ्रेपलाञ्चोकको दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ १० हजार ३९ मत बदर भएको छ । तीन लाख २६ हजार ६११ मतदाता रहेकामा ५९ प्रतिशत मत खसेको जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।