२० भाद्र २०८३, शनिबार
,
Latest
होर्मुज जलसन्धिमा सेना परिचालन गर्ने विषयमा दक्षिण कोरियाद्वारा समीक्षा प्राकृतिक विपत्ति अकल्पनीय छ, राहत र पुनर्निर्माणलाई प्राथमिकता दिऔँः अध्यक्ष ओली ताप्लेजुङ गोल्डकपको उपाधि सलहेशलाई बाढीपीडितका देशका विभिन्न क्षेत्रमा सहयोग जुट्दै आज भाद्र कृष्ण नवमी : श्रीकृष्ण रथयात्रा एवं शोभा यात्रा गरिँदै अठार महिनामा सक्नुपर्ने आयुर्वेद भवन पाँच वर्षमा पनि अलपत्रै खेतीयोग्य जमिनमा रुद्राक्ष खेती, आम्दानीको नयाँ बाटो खाद्य सुरक्षा, स्वच्छता र उपभोक्ता अधिकारलाई ध्यान दिन प्रशासनको आग्रह धनकुटा जिल्ला अस्पतालमा रक्तसञ्चार सेवा सुरु दिदीबहिनीलाई तीजको उपहार किनेर राखे, तर गोविन्दले दिन पाएनन्
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुर-३ बाट रास्वपाकी डा कार्की निर्वाचित



फाइल फोटो
अ+ अ-

ललितपुर। ललितपुर निर्वाचन क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार डा तोसिमा कार्की निर्वाचित हुनुभएको छ ।

उहाँ ४३ हजार ९६ मतका साथ विजयी हुनुभएको मुख्य निर्वाचन पुनाराम खनालले जानकारी दिनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार जितेन्द्रकुमार श्रेष्ठले नौ हजार ४५ मत प्राप्त गर्नुभएको छ भने नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार राजकाजी महर्जनले छ हजार २२ मत प्राप्त गर्नुभयो ।

एक लाख दुई हजार ४३६ मतदाता रहेको ललितपुर–३ मा ६९ हजार ३९१ मत खसेको थियो । यस निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल र स्वतन्त्रसमेत गरी २० जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्थ्यो । रासस