२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

पौने २ लाख समानुपातिक मत गन्दा, रास्वपालाई ५४ र कांग्रेसलाई १६ प्रतिशत



अ+ अ-

काठमाडौँ । गत बिहीबार सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको पनि मतगणना भइरहेको छ । केहीबेर अघि अर्थात् अपराह्न १ बजेसम्म १ लाख ७२ हजार ६४६ समानुपातिक मत गणना भएको छ ।

निर्वाचन आयोगको वेभसाइटका अनुसार ती मतमध्ये रास्वपाले यहाँ पनि ९४ हजार ९८ मत ल्याएर अग्रता कायम गरेको छ भने दोस्रोमा कांग्रेस देखिएको छ ।

नेपाली कांग्रेसले २८ हजार ३२३, नेकपा एमालेले १९ हजार ९०५, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को ८ हजार ८८०, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को ६ हजार ६४७ तथा श्रम संस्कृति पार्टीको ५ हजार ५६० मत आएको छ ।

यी मतमध्ये रास्वपाले ल्याएको मत कुल मत ५४.५० प्रतिशत हुन आउँछ भने नेपाली कांग्रेसको १६.४० प्रतिशत । त्यसैगरी नेकपा एमालेले ११.५३ प्रतिशत, नेकपाले ३.८५ प्रतिशत र श्रम संस्कृति पार्टीले ३.२२ प्रतिशत मत प्राप्त गरेका छन् ।