१२ भाद्र २०८३, शुक्रबार
,
Latest
ड्याम फुटेको होइन, ग्ल्यासियर फुटेर लेदोसहितको पानी ओभरफ्लो : सरकार बाढीपीडितलाई सुदूरपश्चिम प्रदेश सरकारको दुई करोड सहयोग बाढीपीडित र प्रभावित क्षेत्रका लागि आर्थिक प्याकेज घोषणा गरिने भोटेकोशी बाढीपछि शव खोजी तीव्र, रसुवादेखि चितवनसम्म १२०० सैनिक परिचालन प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सबै सदस्यले एक महिनाको तलब विपद् कोषमा जम्मा गर्ने सुनको मूल्य दुई हजार चार सयले घट्योः चाँदीको स्थिर भोटेकोशी र त्रिशूलीमा लेदोसहितको बहाव बढ्दै, उच्च सतर्कता अपनाउन आग्रह भोटेकोशीमा बाढी बढ्दै, त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह आँबुखैरेनी र देवघाट गाउँपालिकामा २८ शव भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास
तपाईं के खोज्दै हुनुहुन्छ ?

दैलेख-२ मा एमालेका पोखरेलको अग्रता कायमै



अ+ अ-

काठमाडाैँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दैलेख–२ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार लक्ष्मीप्रसाद पोखरेलले आफ्नो अग्रता कायमै राखेका छन् । पछिल्लो मत परिणामअनुसार पोखरेलले १० हजार २३४ मत गरेका छन् ।

उनलाई नेपाली कांग्रेसका उम्मेदवार दिक्पाल शाहीले सात हजार एक मतका साथ पछ्याइरहेका छन् । नेपाल कम्युनिष्ट पार्टीका योगेन्द्र शाही तीन हजार १४२ मत प्राप्त गरेका छन् ।

निर्वाचन अधिकृत लोकहरी कँडेलका अनुसार निर्वाचन–२ अन्तर्गत अब केही वडाको मतगणना हुन बाँकी छ । “अहिले गणना भइरहेको छ, बाँकी र वडाहरूको गणना सकिन केही समय लाग्ने देखिएको छ”, अधिकृत कँडेलले भने ।

कूल ८१ हजार ५०३ मतदाता रहेको यस क्षेत्रमा ६५ प्रतिशत मत खसेको थियो । यस निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी कूल ११ जना उम्मेदवार चुनावी मैदानमा छन् ।