२० भाद्र २०८३, शनिबार
,
Latest
दिदीबहिनीलाई तीजको उपहार किनेर राखे, तर गोविन्दले दिन पाएनन् भोटेकोशी बाढी : राहत जुटाउँदै चितवनका स्थानीय पालिका उपत्यका बाहिर ‘बोटलिङ’ गरी खानापकाउने ‘एलपि ग्यास’ ढुवानी गरिँदै आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

जुम्लामा राप्रपाका शाहीको अग्रता कायमै



फाइल फोटो
अ+ अ-

जुम्ला। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत एकमात्र निर्वाचन क्षेत्र रहेको जुम्लामा राप्रपाका उम्मेदवार ज्ञानेन्द्र शाहीले फराकिलो मतसहित अग्रता कायम राख्नुभएको छ ।

यहाँको कनकासुन्दरी, सिंजा, हिमा, तिला र तातोपानी गाउँपालिका गरी पाँच वटा स्थानीय तहसहित चन्दननाथ नगरपालिका १ र २ वडाको जारी मतगणनाको पछिल्लो परिणामअनुसार राप्रपाका शाहीले १० हजार १३७ मत प्राप्त गरी अग्रता कायमै राखेको मुख्य निर्वाचन अधिकृत कार्यालयका सहायक निर्वाचन अधिकृत हरिकृष्ण तिमिल्सिनाले जानकारी दिनुभयो ।

शाहीका निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टीका नरेश भण्डारीले छ हजार ८२५ मत पाएका छन् भने नेकपा (एमाले)का शान्तिलाल महतले दुई हजार ७३१ र नेपाली कांग्रेसका दीपबहादुर शाहीले तीन हजार ९६२ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत कार्यालयका सहायक निर्वाचन अधिकृत हरिकृष्ण तिमिल्सिनाले बताउनुभयो ।

यसैगरी, रास्वपाका विनिता कठायतले २९६ मत, प्रलोपाका मनऋषि धितालले ८९, नेमकिपाका वृषबहादुर रावतले २९३, नेपाल जनता पार्टीका उम्मेदवार रनिलविक्रम शाहीले २८, नेकपा माओवादीका उम्मेदवार वृष शाहीले ५६ र स्वतन्त्र उम्मेदवार भक्तबहादुर रावलले १२ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार कूल खसेको मतमध्ये हालसम्म २४ हजार ७७७ मतगणना भइसकेको जनाएको छ ।

जिल्लामा कूल मतदाता सङ्ख्यामध्ये प्रत्यक्षतर्फ करिब ४० हजार ८९७ अर्थात् ५७ प्रतिशत मत खसेको छ । जसमध्ये महिलातर्फ २१ हजार १८५ र पुरुषतर्फ १९ हजार ७१२ जनाले मतदान गरेको जिल्ला निर्वाचन कार्यालय जुम्लाका निर्वाचन अधिकारी दीपेन्द्र कँडेलको भनाइ छ ।

समानुपातिकतर्फ ४१ हजार ६३१ अर्थात् ५८ दशमलव ०३ प्रतिशत मत खसेको छ । जिल्लामा कूल मतदाता सङ्ख्या ७१ हजार ७३९ जना रहेको निर्वाचन कार्यालयले जनाएको छ । रासस