३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने

भ्रमण वर्षमा बुटवलमा सडक खाना महोत्सवको तयारी

भ्रमण वर्षमा बुटवलमा सडक खाना महोत्सवको तयारी
अ+ अ-

रुपन्देही । नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० र प्रदेश नं ५ सरकारले सञ्चालन गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ लाई सफल बनाउने उद्देश्यका साथ बुटवलमा दोस्रो सडक खाना महोत्सवको तयारी गरिएको छ । ‘अतिथि देवो भव, पर्यटकको स्वागत सत्कार हाम्रो सान, पर्यटन प्रवद्र्धन र विकास हाम्रो अभियान, सडकमै खाऔँ सडकमै नाचौँ, सडकमै रमाऔँ’ भन्ने नाराका साथ होटल तथा रेष्टुरेण्ट व्यवसायी सङ्घ रुपन्देहीले यही पुस १४ देखि १६ गतेसम्म बुटवलमा सडक खाना महोत्सवको आयोजना गर्न लागेको हो ।

शनिबार बुटवलमा पत्रकार सम्मेलन गरी सङ्घका अध्यक्ष समुन्द्र जिसीले यस क्षेत्रको पर्यटन प्रवद्र्धनका लगि सडक खाना महोत्सव आयोजना गर्न लागेको बताए । सोही दिन सुजाता खिर र दहीको कडीलाई रुपन्देहीको विशेष परिकारको रूपमा घोषणा गरिने उनले बताए । अध्यक्ष जिसीले तीन दिनसम्म साँझ ६ बजेदेखि राति १२ बजेसम्म सञ्चालन हुने महोत्सव अवधिभर करीब रु पाँच करोडको आर्थिक कारोवार हुने र दुई लाख बढी दर्शकहरुले महोत्सवको अवलोकन गर्ने अपेक्षा राखेको बताए ।

महोत्सव प्रचार–प्रसार समितिका संयोजक बाबुराम गौतमले बुटवल उपमहामनगरपालिका–९ कालिकापथको तीनकुनेबाट शिवालयचोकसम्मको सडकमा सञ्चालन हुने महोत्सवमा विभिन्न जातजातिका खानाका परिकारको स्वाद चाख्न पाइने बताए । महोत्सवमा विभिन्न खानाका परिकारसहितका १०० स्टल रहने महासचिव माधवकुमार खनालले बताए ।

सडक खाना महोत्सवमा अस्थायी संरचना निर्माण गर्नुपर्ने र सडकमा कार्यक्रम गर्नुपर्ने भएकाले रु ३० लाख बढी खर्च हुने अनुमान आयोजकले गरेका छन । खाना महोत्सव क्षेत्रमा सिसीटिभी क्यामेरा जडान, फ्रि वाइफाई, प्राथमिक उपचारकक्षको समेत व्यवस्था मिलाइएको छ ।