५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोरखा–२ मा अग्रता बढाउँदै रास्वपाका बुर्लाकोटी



फाइल फोटो
अ+ अ-

गोरखा। प्रतिनिधिसभा गोरखा क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार कविन्द्र बुर्लाकोटीले अग्रता बढाउँदै लैजानुभएको छ ।

पछिल्लो मतगणनाअनुसार नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार लेखनाथ न्यौपानेसँगको मतान्तर उहाँले एक हजार १५९ पुर्याउनुभएको हो ।

अहिलेसम्म दुई हजार ८०२ मतगणना हुँदा रास्वपाका उम्मेदवार बुर्लाकोटीले एक हजार ५७१ मत प्राप्त गर्नुभएको छ । उहाँलाई पछ्याउँदै आउनुभएका नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार न्यौपानेले ४१२ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार प्रकाशचन्द्र दुवाडीले ३६१ र नेकपा एमालेका उम्मेदवार मिलन गुरुङले १५८ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत मोहनप्रसाद बेल्वासले जानकारी दिनुभयो । मतगणना जारी छ ।

उत्तरी गोरखाको १४ केन्द्रका मतपेटिका ल्याउन अझै बाँकी

प्रतिनिधिसभा गोरखा क्षेत्र नं १ अन्तर्गत पर्ने उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाका विभिन्न १४ वटा मतदान केन्द्रको मतपेटिका सदरमुकाम ल्याउन अझै बाँकी रहेको छ ।

नेपाली सेनाको हेलिकप्टरमार्फत आज मतपेटिका ढुवानी गरिएको भए पनि मौसममा आएको खराबीका कारण मतपेटिका ल्याउन ढिलाइ भएको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो ।

“चुमनुब्री गाउँपालिकाका २३ मतदान केन्द्रको मतपेटिका हेलिकप्टरबाट ढुवानी गर्नुपर्ने अवस्था थियो”, उहाँले भन्नुभयो, “आज नौवटा केन्द्रको मतपेटिका ढुवानी गरिएको छ भने १४ वटा मतदान केन्द्रको मतपेटिका मौसम खराबीका कारण ढुवानी गर्न सकिएन ।”

मतपेटिका ढुवानीका लागि आज दोस्रोपटक सदरमुकामबाट उडेको सेनाको हेलिकप्टरले खाङसार र साम्दोको मतपेटिका सङ्कलन गरेर फर्कने क्रममा एक्कासी मौसम बिग्रिएपछि पोखरामा आकस्मिक अवतरण गर्नुपरेको थियो ।

सहायक प्रजिअ शर्माले हेलिकप्टर तयारी अवस्थामा रहेको शनिबार बिहान मौसम खुल्नेबित्तिकै बाँकी रहेका केन्द्रको मतपेटिका पनि ढुवानी गरेर सदरमुकाम ल्याइने बताउनुभयो ।रासस