४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

काठमाडौँको ९ वटा क्षेत्रमा रास्वपा अगाडि

काठमाडौँको ९ वटा क्षेत्रमा रास्वपा अगाडि
अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतगणना जारी रहेको काठमाडौँका ९ वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरुले अग्रता हासिल गरिरहेका छन्र ।

आज दिउँसो १ः०० बजेसम्म प्राप्त नतिजाअनुसार काठमाडौँ–२ मा रास्वपाका सुनिल केसीले पाँच हजार ८९७ मत ल्याई अग्रता हासिल गरेका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका कविर शर्माले दुई हजार २०६ र राष्ट्रिय प्रजातन्त्र पार्टीका कुन्तिदेवी पोखरेलले एक हजार ४६९ मत ल्याएका हुन् ।

यस्तै काठमाडौँ–३ मा रास्वपाका उम्मेदवार राजुनाथ पाण्डे ६ हजार ५८४ मत ल्याएर अग्रस्थानमा छन्। उनका प्रतिस्पर्धी उज्यालो नेपाल पार्टीका कुलमान घिसिङले चार हजार २२० मत प्राप्त गर्नुभएको छ भने कांग्रेसका रमेश अर्यालले दुई हजार १९० मत ल्याएका छन् ।

काठमाडौँ–४ मा रास्वपाकै पुकार बम ६ हजार २८४ मतका साथ अगाडि छन्। उनका प्रतिस्पर्धी कांग्रेसका सचिन तिमिल्सिनाले एक हजार ९०७ र नेकपा (एमाले) का राजन भट्टराईले एक हजार ४७९ मत पाएका छन् ।

काठमाडौँ–५ मा रास्वपाका सस्मित पोखरेल ११ हजार ४३३ मत ल्याई अग्रस्थानमा छन्। उनका प्रतिस्पर्धी कांग्रेसका प्रदीप पौडेलले तीन हजार ५५६ र एमालेका ईश्वर पोखरेलले एक हजार ९०८ मत ल्याएका छन् ।

काठमाडौँ–६ मा रास्वपाका शिशिर खनालले १० हजार ६१५ मत प्राप्त गरी अग्रता हासिल गरिरहेका छन् । उनका प्रतिस्पर्धी कांग्रेसका सवुज कृष्ण बानियाँ क्षेत्रीले दुई हजार ७७५ र एमालेका अमनकुमार मास्केले एक हजार ६१२ मत पाएका छन् ।

काठमाडौँ–७ मा रास्वपाका गणेश पराजुलीले १० हजार २७३ मत ल्याएर अग्रता कायम गरिरहेका छन्। सो क्षेत्रमा एमालेका प्रकाश श्रेष्ठले एक हजार ६७२ र नेपाली कम्युनिष्ट पार्टीका वसन्तप्रसाद मानन्धरले एक हजार ३८९ मत ल्याएका छन् ।

काठमाडौँ–८ मा रास्वपाका विराजभक्त श्रेष्ठले १४ हजार ७५१ मत ल्याएका छन् । नेपाली कम्युनिष्ट पार्टीका सुमन सायमीले एक हजार ९९५ र कांग्रेसका सपना राजभण्डारीले एक हजार ६४५ मत प्राप्त गरेका छन्। काठमाडौँ–९ मा डोलप्रसाद अर्यालले पाँच हजार ५५९ मत ल्याई अग्रता कायम गरिरहेका छन् । सो क्षेत्रमा कांग्रेसका नानुमैयाँ बास्तोलाले एक हजार ११६ र एमालेका अजयक्रान्ति शाक्यले ९७० मत ल्याएका छन् ।

काठमाडौँ–१० मा रास्वपाकै प्रदीप विष्टले आठ हजार ५०८ मत ल्याएर अग्रता कायम गरिरहेका छन् । उनका प्रतिस्पर्धी कांग्रेसका हिमाल कार्कीले २ हजार ५६ र एमालेका विनोद श्रेष्ठले एक हजार २२१ मत ल्याएका छन् ।

काठमाडौँ क्षेत्र नं १ मा यसअघि रास्वपाकै रञ्जु न्यौपाने १५ हजार ४५५ मत ल्याई विजयी भइसकेकी छन् ।