१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar दोस्रो बजारको गिरावटप्रति लगानीकर्ताको चिन्ता, नियामक निगरानी र नीतिगत सुधारमा जोड News Polar नेप्सेको संरचनागत सुधार अघि बढाउँदै सेबोन, रामेश्वर खनाल नेतृत्वको समितिको प्रतिवेदन कार्यान्वयन हुने News Polar निजामति सेवा विधेयकः कर्मचारीमा खैलाबैला, त्रासमा सरकार News Polar पुँजी बजार सुधारका लागि धितोपत्र बोर्डको तीन चरणको रणनीति News Polar धितोपत्र बजारमा लगानीकर्ताको सहभागिता बढ्दो, डिम्याट खाता ८० लाख नाघ्यो News Polar भोटेकोशी बाढी : ४३० मेगावाट विद्युत् अवरुद्ध भएपछि वैकल्पिक व्यवस्थापन गरिँदै News Polar काठमाडौं–१० प्रदेशसभा ‘ख’ सभापतिमा राजेन्द्र विक्रम बानियाँ विजयी News Polar राप्ती नदीमा पक्की तटबन्धले जोगियो तटीय बस्ती News Polar बाजुराका बाढीपहिरो प्रभावितलाई राहत सामग्री वितरण News Polar बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति News Polar वैदेशिक रोजगारीलाई जितेको गोलभेँडाखेती News Polar सुशासन, सुधार र नयाँ आशाका छ महिना News Polar गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर News Polar पहुँचयोग्य आँखा स्वास्थ्य सेवाका लागि सहकार्य आवश्यक News Polar नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ News Polar बेनीमा खानेपानीको समस्या News Polar एसियाली खेलकुदः गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा News Polar पुण्यतिथिमा खर्च होइन, बुबाको सम्झनामा सामाजिक सेवा News Polar ‘अव्यवस्थित बसोबासबाट जग्गाधनीसम्मः जुनेली बस्तीको ३६ वर्ष’ News Polar जीवनभरको कमाइ कालीगण्डकीले लगेपछि द्विविधामा छन्, लामाखेतबासी

रुपन्देहीमा ६५ प्रतिशत मतदान, मतपेटिका सङ्कलन गरिँदै

रुपन्देहीमा ६५ प्रतिशत मतदान, मतपेटिका सङ्कलन गरिँदै
फाइल फोटो
अ अ+ अ-

रुपन्देही। रुपन्देहीमा प्रतिनिधिसभा सदस्य निर्वाचनमा ६५ प्रतिशत मतदान भएको छ ।

जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतका अनुसार जिल्लाका सबै क्षेत्रबाट प्राप्त प्रारम्भिक तथ्याङ्कअनुसार उत्साहजनक सहभागिता देखिएको छ ।

जिल्लाका पाँच वटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मतदान रुपन्देही क्षेत्र नं ३ मा भएको छ । क्षेत्र नं १ मा कूल एक लाख ४३ हजार ८२४ मतदाता रहेकामा ६६.३२ प्रतिशत अर्थात् ६६ हजार ३७७ मत खसेको छ । क्षेत्र नं २ मा कुल एक लाख ३५ हजार ५० मतदाता रहेकामा ६४.०७ प्रतिशत अर्थात् ८६ हजार ५३० मत खसेको छ ।

क्षेत्र नं ३ मा कुल एक लाख ४० हजार ३५ मतदाता रहेकामा सबैभन्दा बढी ६७.८२ प्रतिशत अर्थात् ९५ हजार १३ मत खसेको छ । क्षेत्र नं ४ मा कुल एक लाख १६ हजार १७२ मतदातामध्ये ६६.६१ प्रतिशत अर्थात् ७७ हजार ३९३ मत खसेको छ । क्षेत्र नं ५ मा कूल एक लाख ३४ हजार ४४२ मतदाता रहेकामा ६०.२७ प्रतिशत अर्थात् ८१ हजार ३५ मत खसेको छ ।

अहिले जिल्लाका पाँचवटै निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका सङ्कलन जारी छ । ग्रामीण तथा दुर्गम क्षेत्रका मतदान केन्द्रबाट मतपेटिका ल्याउनेक्रम अन्तिम चरणमा पुगेको मुख्य निर्वाचन अधिकृत बस्नेतले जानकारी दिनुभयो ।

“सबै मतदान केन्द्रबाट मतपेटिका प्राप्त भइसकेपछि आजै राति वा भोलि बिहानसम्म सर्वदलीय बैठक आह्वान गरिनेछ”, बस्नेतले भन्नुभयो, “उक्त बैठकको निर्णय र सहमतिअनुसार मतगणना सुरु हुने समय सार्वजनिक गरिनेछ ।”

सुरक्षा व्यवस्था कडा पारिएको र मतगणनास्थलमा आवश्यक तयारी पूरा भइसकेको निर्वाचन कार्यालयले जनाएको छ । रासस