९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने News Polar रसुवागढी नाका पुनः सञ्चालनका लागि चीनसँग सहयोग माग News Polar बिपी राजमार्गः वर्षा रोकिएपछि पुनर्निर्मित सडकबाटै आवागमन News Polar महिला कबड्डीमा नेपाल भारतसँग पराजित, काँस्य पदकमै सीमित News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय News Polar रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता News Polar ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे News Polar गुठी जग्गा खाली गराउने सूचना खारेज गर्न माग गर्दै जनकपुरमा आन्दोलन

नवपुस्ताका मतदाता भन्छन्ः ‘हाम्रो भविष्यसँग फेरि खेलबाड नहोस्’

नवपुस्ताका मतदाता भन्छन्ः ‘हाम्रो भविष्यसँग फेरि खेलबाड नहोस्’
अ अ+ अ-

काठमाडौँ । निर्वाचनमा यस पटक नयाँपुस्ता अर्थात् ‘जेनजी’ मतदाताको उत्साह उल्लेख्य देखिएको छ ।

पहिलोपटक मतदान गर्ने वा विदेशबाट फर्किएर मतदानमा सहभागी हुने युवाहरूले आफ्नो मतलाई देशको भविष्यसँग जोडेर हेरेका छन् । तीन वर्षदेखि अध्ययनका लागि क्यानडामा बस्दै आएकी २५ वर्षीया सुजानी श्रेष्ठ यस पटकको निर्वाचनमा सहभागी हुन नेपाल फर्किन् ।

डिल्लीबजारस्थित पद्यकन्या विद्याश्रममा मतदान गरेपछि रासससँग संवाद गर्दै उनले मतदान गर्न पाउँदा यत्साहित भएको प्रतिक्रिया दिइन् । उच्च शिक्षा र रोजगारीका लागि विदेशिनुपर्ने बाध्यताको अन्त्य र पारदर्शिता आगामी सरकारको प्राथमिकता हुनुपर्नेमा श्रेष्ठले जोड दिइन्।

“यसपटक जसरी पनि मतदान गर्नुपर्छ भनेर म क्यानडाबाट भर्खंरै नेपाल फर्किएको हुँ”, उनले भनिन्, “अब बन्ने सरकारको पहिलो प्राथमिकतामा पारदर्शिता, सुशासन पर्नुपर्छ । हाम्रो देशमा भ्रष्टाचार बढी हुनाले युवाहरू विदेशिन बाध्य छन् । देशभित्रै गुणस्तरीय शिक्षा र रोजगारीको अवसर सृजना भएमा अधिकांश युवा स्वदेशमा बस्नेछन् । अब बन्ने सरकारले यी विषयलाई प्राथमिकतामा राखोस् भन्ने आशा छ ।”

मैतीदेवी घट्टेकुलो निवासी श्रेष्ठले यसअघिको निर्वाचनमा पनि मतदान गरिसकेकी छन्। तर यस पटकको अनुभवमा आफू बढी उत्साहित र आशावादी रहेको बताइन् । श्रेष्ठले यस पटक परिवारभित्रै पनि फरकफरक राजनीतिक धारणा देखिएको उल्लेख गरिन्। “हामीले लामो समयसम्म परिवारभित्रै दल र उम्मेदवारका एजेण्डाबारे छलफल ग¥याँै । मैले मतदानमा स्वविवेक प्रयोग गरेको छु”, उनले भनिन्।

पहिलो पटक निर्वाचनमा सहभागी भई मतदान गर्नुभएका १९ वर्षीया सार्थक सङ्ग्रौलाले आफू मतदान गर्न पाउँदा उत्साहित हुनुका साथै आफूलाई थप जिम्मेवार बनाएको धारणा राखे । काठमाडौँ निर्वाचन क्षेत्र नं १ को मध्यबानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालयमा मतदान गरिसकेपछि रासससँग अनुभव सुनाउँदै उनले भने, “पहिलोपटक भोट हाल्दा केही अफ्ठयारो लागेको थियो, कसलाई भोट हाल्ने भन्ने अन्योल पनि थियो”, उनले भने, “मेरो मतको कदर हुन्छ, देशका लागि राम्रो हुन्छ भन्ने अपेक्षा छ ।”

उनले बाबुआमासँग छलफल गरे पनि अन्तिम निर्णय भने आफ्नै विवेकबाट गरेको बताए । यस्तै, २६ वर्षीय मन्जुल पराजुली पनि पहिलोपटक मतदान गर्दा निकै उत्साहित देेखिए “अनुहारमा देखिन्छ होला, म एकदम उत्साहित छु”, उनले हाँस्दै भने । उनको अपेक्षा छ, अब देशमा राजनीतिक स्थिरता कायम हुन्छ । “पछिल्ला राजनीतिक घटनाक्रमका घाउ अझै ताजा छन् । अब निर्वाचित नेतृत्वले पाठ सिकेर देशलाई स्थिरता दिनुपर्छ”, उनले भने  ।पराजुलीले युवापुस्ताका जायज माग पूरा हुनुपर्नेमा जोड दिए ।

सोही मतदानकेन्द्रमा मतदान गर्नुभएका २४ वर्षीया आकृति सापकोटाले पनि यस पटकको निर्वाचनप्रति आशावादी रहेको बताए  ।

“यस पटकका उम्मेदवार सक्षम देखिन्छन् । के सही र के गलत भन्ने अनुभव पनि सबैले गरिसकेका छन्”, उनले भने, “पहिले जे भयो त्यही फेरि नदोहोरियोस्, हाम्रो भविष्य राम्रो बनोस् भन्ने चाहना छ ।” उनको यो दोस्रो मतदानको अनुभव हो । पहिलोपटक मतदान गर्दा परिवारको सल्लाहमा निर्णय गरेको भए पनि यस पटक भने दलका एजेण्डा अध्ययन गरेर आफूले निर्णय गरेको उनको भनाइ छ ।