९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने News Polar रसुवागढी नाका पुनः सञ्चालनका लागि चीनसँग सहयोग माग News Polar बिपी राजमार्गः वर्षा रोकिएपछि पुनर्निर्मित सडकबाटै आवागमन News Polar महिला कबड्डीमा नेपाल भारतसँग पराजित, काँस्य पदकमै सीमित News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय News Polar रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता News Polar ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे News Polar गुठी जग्गा खाली गराउने सूचना खारेज गर्न माग गर्दै जनकपुरमा आन्दोलन

महिला मतदाताको उत्साहः ‘पहिला मत खसाल्ने, पछि काम गर्ने’

महिला मतदाताको उत्साहः ‘पहिला मत खसाल्ने, पछि काम गर्ने’
अ अ+ अ-

काठमाडौँ । बानेश्वरकी सीता श्रेष्ठको अरू बेलाको दिनचर्या बिहानै खाना पकाएर परिवारलाई खुवाउने, घरधन्दा गर्ने काममा बित्थ्यो । आज भने उनकाे एक कप चिया पिएपछि प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि नजिकैको ‘बुथ’मा निस्किइन् ।

“पहिला भोट हाल्ने अनि खाना खाउँला भनेर निस्किएँ,” उनले भनिन्, “यो हाम्रो लागि उत्सव हो । हाम्रो अधिकार हो उत्सवमा ढिलाइ गर्नु हुँदैन ।” सीता जस्तै मध्यबानेश्वरस्थित रत्नराज्यलक्ष्मी माध्यमिक विद्यालयमा भोट हाल्न आउनेमध्ये महिला मतदाताको सहभागिता उत्साहजनक देखिएको छ । उनीहरूले पहिला भोट अनि अरू काम गर्ने भन्ने धारणाका साथ भोट हाल्न आएको बताइन् ।

पोखराकी अनिता मानन्धरले मतदान गर्नकै लागि माइत बानेश्वर आएको बताइन्। विगतमा भन्दा यस पटकको निर्वाचन उनका लागि विशेष चासो रहेको बताइन्। “त्यसैले पोखराबाट यहाँ आएँ,” उनले भनिन्, “जेनजी प्रदर्शनपछिको रानजीतिक मुहार जो परिवर्तन गर्नुछ ।”रत्नराज्यलक्ष्मी माध्यमिक विद्यालय मतदान केन्द्रमा पर्यवेक्षकका रूपमा खटिएका हरिओम महेताले यस बुथमा बिहान ७ः०५ बजे ९३ वर्षीया कौशिला तिमल्सिनाले ‘ख’ केन्द्रमा मतदान गरेसँगै मतदान प्रक्रिया सुरु भएको जानकारी दिए।

मत खसालेपछि फर्किने क्रममा उनलाई असहज भएपछि सुरक्षाका लागि राखिएको डोरी काटेर सजिलो बनाइएको उनले बताए ।“वृद्धवृद्धालाई केही समस्या भएपछि बाटो परिवर्तन गरेर सजिलो बनाउने गरेका छौँ,” उनले भने, “समग्रहमा मतदान शान्त र व्यवस्थित हुँदै गएको छ । महिला, ज्येष्ठ नागरिक, अपाङ्गता भएका मतदाताले सहज रूपमा मत खाल्न पाउनुभएको छ ।”

डिल्लीबजारस्थित पदमकन्या विद्याश्रम माध्यमिक विद्यालय मतदान केन्द्रमा मत खसाल्न आएका धनु राईले पहिलोपटक आफूले मतदान गरेको बताए । विदेशमा रहेका श्रीमान्ले आफूले मत खसाल्न नपाए पनि श्रीमतीले मतदान दिन आग्रह गरेका बताए । मत खसालेपछि औँलामा नीलो रङ लगाइएको तस्बिर खिचेर श्रीमान्लाई ह्वाट्स एपमा पठाएको उनले सुनाए ।

यति मात्रै होइन मतदाताहरूसँग स्थलगत रिपोर्टिङ गर्ने क्रममा बुझ्दै जाँदा महिलाले भोट हाल्नुले मतको अधिकार प्रयोग हुनाका साथै मताधिकार प्रयोग गरेकामा परिवारका अरू सदस्य पनि खुसी भएका प्रतिक्रिया दिएका छन् ।शङ्खमूलस्थित स्वप्नवाटिका स्कुलमा मतदान दिन आएकी प्रतीक्षा श्रेष्ठले मत खसाल्नका लागि गोर्खाबाट काठमाडौँ आएको बताइन्। सही नेतृत्व चयन गर्ने अधिकार गुमाउन नदिनका लागि उनी काठमाडौँ आएकी हुन् । पेसाले शिक्षक भएकी उनले भनिन्, “हाम्रो एक मतले देश बन्छ ।”