३ श्रावण २०८३, आईतवार
,
Latest
बाल सुधार गृहमा रहेका बालबालिकालाई पोषणयुक्त खाना उपलब्ध गराउन सरकारलाई समितिको निर्देशन विष्णु पौडेल मुद्दामा अनुसन्धानदेखि अदालतको आदेशसम्म समीक्षा गर्न गोविन्द पन्थीको माग तुलसीपुर उपमहानगरमा १५ किलोमिटर सडक कालोपत्र भिडियो विवादपछि ज्ञानेन्द्र शाहीको प्रतिक्रिया : ‘जापानको रक्सी पनि कडा रहेछ’ साउन मसान्तभित्र सम्पर्कमा आएका फार्म र सहकारीबाट मात्रै डीडीसीले दूध किन्ने सबैभन्दा बढी वर्षा दाङको अमरपुरमा मकवानपुरको टिस्टुङमा स्वास्थ्य शिविरः ४७७ जना लाभान्वित केही नेताहरूको पदलोलुपता र व्यक्तिगत स्वार्थका लागि राजनीतिक सांठगाँठ हुनुहुदैन: झलनाथ खनाल बाल सुधार गृहको व्यवस्थापन र एकीकृत कानून निर्माणमा सांसद आचार्यको जोड जोर्डन घटनापछि अमेरिका–इरान द्वन्द्व थप चर्कियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभा सदस्य निर्वाचन : १२ बजेसम्म मुस्ताङमा खस्यो ४२.८४ प्रतिशत मतदान



फाईल फोटो
अ+ अ-

काठमाडौँ  । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत जारी मतदानमा मुस्ताङ जिल्लामा ४२.८४ प्रतिशत मतदान भइसकेको निर्वाचन आयोगले जनाएको छ ।

मुस्ताङमा मध्याह्न १२ बजेसम्म चार हजार ८५२ मतदान भइसकेको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए। यसमा पुरुष दुई हजार ४६३ र महिला दुई हजार ३८८ र अन्य एक मत खसेको जानकारी आयोगको प्रणालीमा प्राप्त भएको उनले जानकारी दिए।

जिल्लामा कूल मतदाता ११ हजार ३२८ रहेका छन् । जसमा पुरुष पाँच हजार ५५९, महिला पाँच हजार ७६८ र अन्य एकजना मतदाता रहेको आयोगले जनाएको छ । जिल्लामा अहिले पनि मतदान प्रक्रिया जारी रहेको छ ।