३ श्रावण २०८३, आईतवार
,
Latest
बाल सुधार गृहमा रहेका बालबालिकालाई पोषणयुक्त खाना उपलब्ध गराउन सरकारलाई समितिको निर्देशन विष्णु पौडेल मुद्दामा अनुसन्धानदेखि अदालतको आदेशसम्म समीक्षा गर्न गोविन्द पन्थीको माग तुलसीपुर उपमहानगरमा १५ किलोमिटर सडक कालोपत्र भिडियो विवादपछि ज्ञानेन्द्र शाहीको प्रतिक्रिया : ‘जापानको रक्सी पनि कडा रहेछ’ साउन मसान्तभित्र सम्पर्कमा आएका फार्म र सहकारीबाट मात्रै डीडीसीले दूध किन्ने सबैभन्दा बढी वर्षा दाङको अमरपुरमा मकवानपुरको टिस्टुङमा स्वास्थ्य शिविरः ४७७ जना लाभान्वित केही नेताहरूको पदलोलुपता र व्यक्तिगत स्वार्थका लागि राजनीतिक सांठगाँठ हुनुहुदैन: झलनाथ खनाल बाल सुधार गृहको व्यवस्थापन र एकीकृत कानून निर्माणमा सांसद आचार्यको जोड जोर्डन घटनापछि अमेरिका–इरान द्वन्द्व थप चर्कियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीद्वारा मतदान, फागुन २५ भित्र परिणाम सार्वजनिक गर्ने लक्ष्य



अ+ अ-

काठमाडौं ।कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मतदान गरेका छन्।

बिहीबार बिहान उनले काठमाडौं महानगरपालिका–२९ स्थित वडा कार्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन्। मतदानपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उहाँले देशभर स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा मतदान भइरहेको बताए ।

उनले सबै मतदातालाई लोकतान्त्रिक अधिकारको प्रयोग गर्दै मतदानमा सक्रिय रूपमा सहभागी हुन आग्रह गरे। साथै मतगणनाको प्रक्रिया खसेको मतसङ्ख्याका आधारमा गणना टोली गठन गरी तीव्र रूपमा अगाडि बढाइने जानकारी दिए ।

भण्डारीका अनुसार आयोगले फागुन २५ भित्र प्रत्यक्ष र समानुपातिक दुवै तर्फको मत परिणाम सार्वजनिक गर्ने लक्ष्य लिएको छ।

आज प्रतिनिधिसभा सदस्यका लागि पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष) तर्फ १६५ निर्वाचन क्षेत्र तथा समानुपातिकतर्फ ११० सिटका लागि मतदान भइरहेको छ। देशभरका मतदान केन्द्रमा मतदान कार्य जारी रहेको छ।