१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

कसैको बहुमत आउँदैन, ‘नयाँ र पुरानो’ होइन ‘सही र गलत’ को भाष्य बनाऔँः प्रचण्ड



अ+ अ-

काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले निर्वाचन नै देशको एक मात्र विकल्प भएको र यसले राष्ट्रलाई स्थायित्व र समृद्धिको बाटोमा लैजाने विश्वास व्यक्त गरेका छन् ।

चितवनमा मतदान गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले निर्वाचन सफल भएकोमा खुशी व्यक्त गरे। असहज परिस्थितिका बिच आयोजना गरिएको यस निर्वाचनलाई सफल पार्ने जिम्मेवारी सबै राजनीतिक दल, नागरिक समाज, सुरक्षा निकाय र निर्वाचन आयोगको भएको उनले बताए । यो निर्वाचनलाई सामान्य मात्र नभएर असामान्य र राष्ट्रको भविष्यका लागि निर्णायक भएको टिप्पणी गरे ।

उनले आम नेपाली जनतालाई उत्साहका साथ निर्वाचनमा सहभागी हुन अपील गरे। निर्वाचनको नतिजाबारे बोल्दै उहाँले कुनै पनि दलको स्पष्ट बहुमत आउने सम्भावना नरहेको बताए । उनकाअनुसार नेपाली कम्युनिष्ट पार्टी, नेपाली काँग्रेस, एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीबीच नै मुख्य प्रतिष्पर्धा हुने देखिएको छ ।

पछिल्लो समय चर्चामा रहेको ‘नयाँ र पुरानो’ दलको भाष्यप्रति असन्तुष्टि जनाउँदै दाहालले यो देशको हितमा नभएको तर्क गरे । उनले नयाँ वा पुरानो भन्दा पनि ‘सही र गलत’ को भाष्य बनाउनुपर्नेमा जोड दिए। चितवनमा मतदान गरेलगत्तै उनी आफ्नो निर्वाचन क्षेत्र रुकुम पूर्वतर्फ प्रस्थान गरेका छन् । उनी यस पटक रुकुम पूर्वबाट उम्मेदवार छन्।