१८ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढीबारे कूटनीतिक समुदायलाई परराष्ट्रमन्त्री खनालको ब्रिफिङ राजर्षिजनक विश्वविद्यालयमा १० प्रतिशत विद्यार्थीलाई अनिवार्य छात्रवृत्ति जलवायु परिवर्तनका कारण नेपालले व्यहोर्नुपरेको क्षतिको लागि कार्बन उत्सर्जन गरिरहेका देशहरु जिम्मेवारः सांसद झा भोटेकोशी बाढीपछि अझै ४ हजार २१६ जना सम्पर्कविहीन विपद् व्यवस्थापनमा सरकारको कार्यप्रति रास्वपाको ऐक्यवद्धता, राष्ट्रिय एकता कायम गर्नुपर्नेमा जोड नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो बाढीमा बेपत्ता नागरिकको खोजी तीव्र बनाउन सांसदहरूको सरकारलाई ध्यानाकर्षण राहतको एकद्वार प्रणालीले जनता भोकै बस्नुपरेको एमाले सांसद बरालको आरोप सरकारको खोज तथा उद्धार कार्य सन्तोषजनक रहेको रास्वपाको निष्कर्ष भोटेकोशी बाढीपछि खोज तथा उद्धारमा नेपाली सेनासहित विदेशी विशेषज्ञ टोली परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

देश समृद्धिको मार्गमा अग्रसर हुने संयोजक दाहालको विश्वास



अ+ अ-

चितवन। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनपछि देश समृद्धिको मार्गमा अग्रसर हुने विश्वास व्यक्त गर्नुभएको छ ।

भरतपुर महानगरपालिका वडा नं. १४ शान्तिपुरस्थित नेपाल पुुलिस स्कुल मतदान केन्द्र क बाट मतदान गरेपछि सञ्चारकर्मीहरुलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै उहाँले राष्ट्र र जनताका पक्षमा काम गर्ने उम्मेदवारलाई मतदाताले चयन गर्नेमा आफू ढुक्क रहेको बताउनुभयो ।

संयोजक दाहालले भन्नुभयो, “समृद्धितर्फको यात्रा निर्धारण गर्न यो निर्वाचन महत्वपूर्ण छ । उत्साहका साथ निर्वाचनमा सहभागी हुन आम मतदातालाई मेरो आग्रह छ ।” रासस