२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भक्तपुरमा शान्तिपूर्ण रुपमा मतदान जारी



अ+ अ-

भक्तपुर। जिल्लाका दुवै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ ।

प्रमुख जिल्ला अधिकारी उमेशप्रसाद ढकालका अनुसार क्षेत्र नं १ मा ३७ मतदानस्थल र ११९ मतदान केन्द्र कायम  छन् । पुरुषभन्दा महिला मतदाता बढी रहेको क्षेत्र नं १ मा ५२ हजार ६६ पुरुष र ५४ हजार ९८८ महिला मतदाता कायम छन् ।

यसैगरी, क्षेत्र नं २ मा ३९ मतदानस्थलमा ११४ वटा मतदान केन्द्र कायम गरिएको छ । पुरुषभन्दा महिला मतदाता बढी रहेको यस क्षेत्रमा ४८ हजार ७४ जना पुरुष मतदाता र ५० हजार २७७ महिला मतदाता छन् ।

क्षेत्र नं १ मा जिभिन्न राजनीतिक दलबाट १६  र स्वतन्त्रबाट नौ गरी २५ जना उम्मेदवार चुनावी मैदानमा छन् । प्रतिस्पर्धामा तीन जना महिला उम्मेदवार छन् भने क्षेत्र नं २ मा विभिन्न राजनीतिक दलबाट १७, स्वतन्त्र १५ गरी कूल ३२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।  रासस