९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

मकवानपुरका दुवै निर्वाचन क्षेत्रको मतगणना हेटौँडास्थित भुटनदेवी माविमा

मकवानपुरका दुवै निर्वाचन क्षेत्रको मतगणना हेटौँडास्थित भुटनदेवी माविमा
अ अ+ अ-

बागमती। आज हुने प्रतिनिधिसभा सदस्य निर्वाचनन्तर्गत मकवानपुरका दुवै क्षेत्रको मतगणना हेटौँडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयमा गरिने भएको छ ।

बागमती प्रदेश निर्वाचन कार्यालय हेटौँडाका प्रमुख हरिप्रसाद ढकालले दुवै निर्वाचन क्षेत्रको मतगणनास्थल भुटनदेवी माविमा तोकिएको र व्यवस्थापनको सम्पूर्ण कार्य सम्पन्न भएको जानकारी दिनुभयो । उहाँका अनुसार निर्वाचन क्षेत्र नम्बर १ को मतगणना भुटनदेवी माविको उत्तर तर्फको ब्लक (ए) मा र क्षेत्र नम्बर २ को मतगणना विद्यालयको (बी) ब्लकमा गरिनेछ । मतगणनालाई व्यवस्थित र पारदर्शी बनाउनका लागि मतगणनास्थलको सुरक्षा र अन्य व्यवस्थापनको कार्य सम्पन्न भएको छ ।

निर्वाचनका लागि मकवानपुरका सबै मतदानस्थलको व्यवस्थापन सकिएको छ । यहाँका  आठवटा मतदान केन्द्रको मतपेटिका सङ्कलनका लागि छिमेकी जिल्लाको सडक प्रयोग गर्नुपर्ने भएको छ । मकवानपुरको बकैयाँ गाउँपालिकाका तीनवटा र राक्सिराङ गाउँपालिकाका पाँचवटा केन्द्रको मतपेटिका छिमेकी जिल्ला हुँदै ल्याउनुपर्ने बाध्यता रहेको प्रमुख ढकालले बताउनुभयो ।

मतपेटिका सङ्कलनका लागि अन्तरजिल्लाको सडक प्रयोग गर्नुपर्ने भएकाले सम्भावित सुरक्षा जोखिमलाई ध्यानमा राखी सम्बन्धित जिल्लाका सुरक्षा निकायसँग समन्वय गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले बताउनुभयो ।

प्रतिनिधिसभा निर्वाचनमा मकवानपुरका १६७ मतदानस्थलमध्ये १९ वटा मतदानस्थललाई अति संवेदनशील सूचीमा राखिएको छ । जिल्ला सुरक्षा समितिको बैठकले सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरी जिल्लाको विभिन्न छ स्थानीय तहमा रहेका १९ वटा मतदानस्थललाई अतिसंवेदनशील सूचीमा राखेको हो । जिल्लाको ६० वटा मतदानस्थललाई संवेदनशील र ८८ वटालाई सामान्य सूचीमा राखिएको उहाँको भनाइ छ ।

अतिसंवेदनशील सूचीमा रहेका १९ मतदानस्थलमा २६ वटा मतदान केन्द्र छन् । उहाँका अनुसार बकैयाँ गाउँपालिको पाँचवटा, राक्सिराङ गाउँपालिकाका छवटा, बागमती गाउँपालिकाको पाँचवटा, भीमफेदी गाउँपालिकाको एक, मनहरी गाउँपालिकाको एक र कैलाश गाउँपालिकाको एक गरी १९ वटा मतदानस्थल अतिसंवेदनशील सूचीमा छन् ।

मकवानपुरमा मतदाता सङ्ख्या बढ्ेपछि यस वर्ष सातवटा मतदान केन्द्र थप गरिएका छन् । दुईवटा निर्वाचन क्षेत्र रहेको मकवानपुरमा क्षेत्र नम्बर १ मा ६२ वटा मतदानस्थल र १७८ मतदान केन्द्र छन् भने क्षेत्र नम्बर २ मा १०५ मतदानस्थल र १९६ मतदान केन्द्र तोकिएका छन् ।

क्षेत्र नम्बर १ मा एक लाख ५८ हजार ४३५ मतदाता छन् भने क्षेत्र नम्बर २ मा एक लाख ५६ हजार ८९९ मतदाता रहेका प्रदेश निर्वाचन कार्यालय हेटौँडाले जनाएको छ । रासस