२३ श्रावण २०८३, शनिबार
,
Latest
हमासले गाजा योजना अगाडि बढाउन अझै तयार रहेको बतायो नयाँपुल-घान्द्रुक सडक अवरुद्ध, सिक्लेस तीन दिनपछि खुल्यो समृद्धिका लागि अनुसन्धान, नवप्रर्वतन र आविस्कारलाई प्राथमिकता दिएको हो : मन्त्री पुन हुथी विद्रोहीहरूद्वारा यमनमा आक्रमण, दश जनाको मृत्यु बैङ्कक नजिक विद्यालय र घरमा गोली प्रहार, सात जनाको मृत्यु कांग्रेस विवादमा रवि बालेनको इन्ट्री: सर्वोच्चको ‘निस्सा’ आदेश पछिको तरंग सरकारले गलत बाटो लिए ‘कान समाउन सक्ने’ क्षमता छ : रवि लामिछाने कालिकोटमा चिकित्सक र नर्समाथि आक्रमण गर्ने तीन पक्राउ उच्च शिक्षाबारे दुईदिने नीति कार्यशाला सम्पन्न, पारदर्शी र परिणाममुखी प्रणालीमा जोड बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्रामक सूचनाप्रति नेपाली सेनाको ध्यानाकर्षण, निष्पक्ष निर्वाचनका लागि समन्वयमा सक्रिय



अ+ अ-

काठमाडौं । रक्षा मन्त्रालय अन्तर्गतको नेपाली सेना ले आसन्न प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै प्रसारित भ्रामक तथा अतिरञ्जित सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

बुधबार बेंगी अड्डास्थित जनसम्पर्क तथा सूचना निर्देशनालयले प्रेस विज्ञप्ति जारी गर्दै संविधानले प्रदान गरेको जिम्मेवारी तथा अन्य कर्तव्यहरू नेपाली सेनाले सम्बन्धित निकायहरूसँग समन्वय र सहकार्यमा कुशलतापूर्वक सम्पन्न गर्दै आएको उल्लेख गरेको छ। विज्ञप्तिमा आसन्न निर्वाचन सुरक्षित रूपमा सम्पन्न गर्न एकीकृत सुरक्षा योजना अनुरूप नेपाली सेना गैर–राजनीतिक चरित्र कायम राख्दै आवश्यक समन्वयका साथ परिचालन भइरहेको स्पष्ट पारिएको छ।

सेनाले प्रतिनिधि सभा निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गराउन सबै सुरक्षा निकाय तथा सरोकारवाला पक्षहरू एकीकृत र समन्वयात्मक ढङ्गले सक्रिय रहेको जनाएको छ। यस्तो अवस्थामा असान्दर्भिक र अतिरञ्जित सामग्रीहरू सुनियोजित रूपमा प्रसारित भइरहेकोप्रति सेनाले आपत्ति जनाएको छ।

भ्रामक सूचनाले आम नागरिकमा भ्रम सिर्जना गर्न सक्ने भन्दै त्यस्ता सामग्रीमा विश्वास नगर्न तथा नगराउन सेनाले सर्वसाधारणमा हार्दिक अपिल गरेको छ।