२३ श्रावण २०८३, शनिबार
,
Latest
हमासले गाजा योजना अगाडि बढाउन अझै तयार रहेको बतायो नयाँपुल-घान्द्रुक सडक अवरुद्ध, सिक्लेस तीन दिनपछि खुल्यो समृद्धिका लागि अनुसन्धान, नवप्रर्वतन र आविस्कारलाई प्राथमिकता दिएको हो : मन्त्री पुन हुथी विद्रोहीहरूद्वारा यमनमा आक्रमण, दश जनाको मृत्यु बैङ्कक नजिक विद्यालय र घरमा गोली प्रहार, सात जनाको मृत्यु कांग्रेस विवादमा रवि बालेनको इन्ट्री: सर्वोच्चको ‘निस्सा’ आदेश पछिको तरंग सरकारले गलत बाटो लिए ‘कान समाउन सक्ने’ क्षमता छ : रवि लामिछाने कालिकोटमा चिकित्सक र नर्समाथि आक्रमण गर्ने तीन पक्राउ उच्च शिक्षाबारे दुईदिने नीति कार्यशाला सम्पन्न, पारदर्शी र परिणाममुखी प्रणालीमा जोड बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचनपूर्वका मत सर्वेक्षणप्रति आयोगको आपत्ति



अ+ अ-

काठमाडाैँ । निर्वाचन आयोगले मतदान अगाडि गरिने कुनैपनि प्रकारका मत सर्वेक्षण र त्यसका आधारमा गरिने हारजितको घोषणाप्रति आपत्ति जनाएको छ ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले यस्ता गतिविधि कानून र आचारसंहिता विपरीत रहेको भन्दै यसलाई सदाका लागि अन्त्य गर्ने अठोट आयोगले लिएको स्पष्ट पारेका हुन् ।

उनले मतदाताले मत खसाल्नै नपाईकन बाहिरबाटै परिणाम घोषणा गर्ने परिपाटीप्रति आयोग संवेदनशील रहेको बताए । यस विषयमा आयोगले प्रेस काउन्सिल नेपालसँग पनि संवाद गरिसकेको र कतिपय विषय अदालतमा समेत पुगिसकेको उनले जानकारी दिए । हरेक निर्वाचनको पूर्वसन्ध्यामा यो विषय पेचिलो बन्ने गरेको उल्लेख गरे ।

कानूनले निषेध गरेको कुरालाई कसैले मान्दिनँ भन्न नपाउने भन्दै उहाँले यस्ता गतिविधिमा संलग्न नहुन सबैलाई सचेत गराए ।