१४ असार २०८३, आईतवार
,
Latest
सहकारी (पहिलो संशोधन) विधेयक स्वीकृत कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा नक्कली ‘सेरोफ्लो रोटाक्याप्स २५०’ फेला परेपछि बजार अनुगमन तीव्र कम्युनिष्ट आन्दोलनलाई समयसापेक्ष र जनमुखी बनाउन पूर्वराष्ट्रपति भण्डारीको जोड जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै विविधतायुक्त नेपालका लागि प्रत्यक्ष कार्यकारी प्रणाली उपयुक्त छैनः पूर्वराष्ट्रपति भण्डारी वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग एमाले लडेको हो, मरेको होइन, फेरि धुलो टकटक्याएर उठ्छौँः अध्यक्ष ओली संसदलाई समस्या समाधानको थलो बनाउन र परिणाममुखी बहस गर्न सांसद रेग्मीको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

मतदान केन्द्रमा गएर मताधिकार प्रयोग गर्न निर्वाचन आयुक्त तुलाधरको अपिल



अ+ अ-

काठमाडाैँ । निर्वाचन आयोगकी आयुक्त डा. जानकीकुमारी तुलाधरले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा आम मतदातालाई आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गरेकी छन् ।

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा डा. तुलाधरले सबै मतदातालाई समयमै आफ्ना मतदान केन्द्रमा पुगेर अमूल्य मताधिकारको प्रयोग गर्न अनुरोध गरिन् । उनले  असल प्रतिनिधि चयनका लागि मतदान अनिवार्य रहेको उल्लेख गर्दै निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष, भयरहित, विश्वासिलो र मितव्ययी बनाउन सबै पक्षको दायित्व हुने बताइन् ।

डा. तुलाधरले नागरिकसँगै राजनीतिक दल, सुरक्षा निकाय, कर्मचारी र अन्य सरोकारवालालाई समेत निर्वाचनमा सहयोग गर्न आग्रह गरिन् । उनले भनिन्, “फागुन २१ गते समयमा आफ्ना मतदान केन्द्रमा गएर मताधिकार प्रयोग गर्नुहोस्। एउटा भोट अमूल्य हुन्छ र यसले असल व्यक्तिको चयनमा मद्दत गर्छ। निर्वाचन सफल बनाउन सबैले आफ्नो योगदान दिनु अत्यावश्यक छ।”

निर्वाचन आयोगका अनुसार, फागुन २१ गते हुने निर्वाचनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ। न्युज एजेन्सी नेपाल