२४ श्रावण २०८३, आईतवार
,
Latest
हमासले गाजा योजना अगाडि बढाउन अझै तयार रहेको बतायो नयाँपुल-घान्द्रुक सडक अवरुद्ध, सिक्लेस तीन दिनपछि खुल्यो समृद्धिका लागि अनुसन्धान, नवप्रर्वतन र आविस्कारलाई प्राथमिकता दिएको हो : मन्त्री पुन हुथी विद्रोहीहरूद्वारा यमनमा आक्रमण, दश जनाको मृत्यु बैङ्कक नजिक विद्यालय र घरमा गोली प्रहार, सात जनाको मृत्यु कांग्रेस विवादमा रवि बालेनको इन्ट्री: सर्वोच्चको ‘निस्सा’ आदेश पछिको तरंग सरकारले गलत बाटो लिए ‘कान समाउन सक्ने’ क्षमता छ : रवि लामिछाने कालिकोटमा चिकित्सक र नर्समाथि आक्रमण गर्ने तीन पक्राउ उच्च शिक्षाबारे दुईदिने नीति कार्यशाला सम्पन्न, पारदर्शी र परिणाममुखी प्रणालीमा जोड बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

उम्मेदवारको हैसियत जाँचेर मात्रै मतदान गर्न पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेलको आग्रह



अ+ अ-

काठमाडाैँ । पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले मतदातालाई उम्मेदवारको क्षमता र योग्यता मूल्याङ्कन गरी मात्र आफ्नो अमूल्य मत प्रयोग गर्न आग्रह गरेका छन् । उनका अनुसार निर्वाचनमा खसालिने एक मत केवल प्राविधिक प्रक्रिया मात्र नभई मतदातामा अन्तर्निहित सार्वभौम सत्ताको प्रत्यायोजन हो। त्यसैले मतदाता आफू पूर्णरुपमा विश्वस्त भएपछि मात्रै उम्मेदवार छान्नुपर्छ।

न्युज एजेन्सी नेपालसँग कुरा गर्दै पोखरेलले मतदातालाई सचेत गराउँदै भने, “तपाईंले यो निर्वाचनमा आफ्नो एउटा भोट मात्र हाल्नुभएको छैन। त्यो भोटमार्फत तपाईंमा अन्तर्निहित सार्वभौम सत्ता प्रतिनिधिलाई प्रत्यायोजन गर्दै हुनुहुन्छ। उम्मेदवारले त्यो अधिकार कसरी प्रयोग गर्छ र त्यसको लागि योग्य छ कि छैन भन्ने कुरामा ध्यान दिनुहोस्। त्यसले तपाईं र मुलुकको भविष्य कसरी निर्माण गर्छ भन्नेमा विश्वस्त भएपछि मात्र फिल्टर गरेर भोट दिनुहोस्।”

उनले निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउन सञ्चारमाध्यमको भूमिका अत्यन्त महत्वपूर्ण हुने पनि जोड दिए। सञ्चारकर्मीहरूले भ्रम, अफवाह र गलत सूचनाहरू नियन्त्रण गर्नुपर्ने भन्दै आफ्नो आचरणभित्र रहेर मात्र काम गर्न आग्रह गरे । पोखरेलले भने, “सबै प्रयासहरू निर्वाचनको शुद्धता कायम राख्ने दिशातर्फ केन्द्रित हुनुपर्छ। सञ्चारकर्मीहरूले आफ्नो भूमिका जिम्मेवार तरिकाले निभाउनुपर्छ।”