९ भाद्र २०८३, मंगलवार
,
Latest
गण्डकी प्रदेश सरकारबाट बाहिरिने एमालेको निर्णय कालो चस्मा लगाउनुपर्ने स्वास्थ्य समस्या भन्दै संसद् सचिवालयमा प्रधानमन्त्री बालेनले बुझाए मेडिकल रिपोर्ट ठेक्कापट्टामा अड्किएका गण्डकीका विकास आयोजना : वर्षौँ बित्दा पनि अधुरै गाईजात्रा नजिकिएसँगै भक्तपुरमा ताहासाका लागि बाँसको व्यापार बढ्यो सुनचाँदीको मूल्य घट्यो राष्ट्रिय सभाको शुन्य समयः कुटनीतिक रिक्ततादेखि जनस्वास्थ्य र पूर्वाधारका समस्यासम्म सरकारको ध्यानाकर्षण नेपाल विशेष सेवा ऐन जगाउने विधेयक दफावार छलफलका लागि विधायन समितिमा पठाइयो राष्ट्रिय सभामा सांसदहरूको आक्रोशः बालिका बलात्कार र हत्याका दोषीलाई कडा कारबाही गर्न माग हरित ऊर्जामा आधारित सवारी साधनको प्रवद्र्धन आजको अनिवार्य आवश्यकता : उपराष्ट्रपति यादव अर्थतन्त्रको ‘रि–इञ्जिनियरिङ’ आवश्यक, अटोमोबाइल क्षेत्रलाई हेर्ने दृष्टिकोण बदल्न सरकारसँग मागः अध्यक्ष श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्सा २ का नेकपाका उम्मेदवार मनोज चौधरी शंकास्पद बस्तुसहित पक्राउ



अ+ अ-

काठमाडौं । पर्सा क्षेत्र नम्बर २ का नेकपाका उम्मेदवार मनोज चौधरी शंकास्पद बस्तुसहित पक्राउ परेका छन्।

चौधरीलाई शंकास्पद बस्तुसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी हरिबहादुर बस्नेतका अनुसार गएराति नौ बजेतिर चौधरीसहित चार जनालाई पर्सागढी- ३ बडनियार चोकबाट नियन्त्रणमा लिएका हो ।

चौधरीसँगै नेकपाका नेताहरू सत्यनारायण दास र सुरज कार्की र गाडी चालक वीरगञ्ज–छपकैया निवासी शेख मुन्ना अन्सारी पनि पक्राउ परेका छन्।

चौधरी सवार बा।१० च १२५० नम्बरको गाडी भित्र टिनको बक्सामा खैरो टेपले बेरिएको, कालो र रातो तार बाहिर निकालिएको अवस्थामा शंकास्पद वस्तु भेटिएको बस्नेतले जानकारी दिनुभयो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।