१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा

‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’

‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’
अ अ+ अ-

 रुपन्देही। आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित वातावरणमा सम्पन्न गराउन नेपाल प्रहरीले देशव्यापी विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ ।

प्रहरी प्रधान कार्यालयले निर्वाचन लक्षित एकीकृत सुरक्षा रणनीति तयार गरी सबै प्रदेश, जिल्ला तथा स्थानीय तहसम्म प्रभावकारी रूपमा लागू गरिएको जनाएको छ ।

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सरकारको स्पष्ट कार्यदिशाअनुरूप निर्वाचन सम्पन्न गर्न मातहतका सबै निकायलाई निर्देशन दिनुभएको उहाँको सचिवालयले जानकारी दिएको छ ।

उहाँले निर्वाचन सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै देशभरका सुरक्षा प्रमुखहरूसँग नियमित समन्वय, अनुगमन र ब्रिफिङमार्फत तयारीलाई तीव्रता दिनुभएको छ ।

सुरक्षा निकायको विश्लेषणअनुसार विगतको तुलनामा वर्तमान निर्वाचन केही संवेदनशील र प्रतिकूल परिस्थितिमा हुन लागेको छ । मतदान केन्द्र तथा मतदानस्थलको सङ्ख्या वृद्धि, अतिसंवेदनशील तथा विकट भूभागमा रहेका केन्द्रहरू र विविध राजनीतिक गतिविधिका कारण सुरक्षा व्यवस्थापन चुनौतीपूर्ण देखिए पनि प्रहरीले तयारीलाई सुदृढ बनाएको सुरक्षा विज्ञहरू बताउँछन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी वर्गीकरण गरिएका मतदानस्थलमा सोहीअनुसार सुरक्षाकर्मी परिचालन गरिएको छ । न्यूनतम स्रोत, साधनको अधिकतम उपयोग गर्दै देशभरका मतदान केन्द्रहरूमा आवश्यक जनशक्ति खटाइएको छ । कतिपय दुर्गम क्षेत्रमा सवारीसाधनको अभावका बाबजुद सुरक्षाकर्मी पैदल गस्तीमा खटिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । पुराना हतियार तथा सवारीसाधनका सीमितताबीच पनि उच्च मनोबलका साथ प्रहरी परिचालन हुनु सङ्गठनात्मक दृढताको उदाहरण भएको सुरक्षा विश्लेषकहरूको भनाइ छ ।

प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेले वरिष्ठ प्रहरी अधिकृतहरूलाई समेत प्रत्यक्ष रूपमा मतदानस्थलमा खटाइएको जानकारी दिनुभयो । उहाँका अनुसार प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)स्तरको कमाण्ड संरचनामार्फत प्रदेश तथा विशेष क्षेत्रको समन्वय गरिएको छ भने जिल्लामा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) तथा प्रहरी उपरीक्षक (एसपी)को नेतृत्वमा एकीकृत सुरक्षा संयन्त्र परिचालित गरिएको छ ।

जेनजी आन्दोलनपछि खस्किएको प्रहरी मनोबल पुनः उकास्नु नेतृत्वका लागि चुनौतीपूर्ण भए पनि वर्तमान नेतृत्वले सङ्गठनलाई पुनः क्रियाशील र एकताबद्ध बनाउन सफल भएको सुरक्षा क्षेत्रका जानकारहरू बताउँछन् । प्रहरी महानिरीक्षक कार्कीले आफ्नो कार्यकालको प्रारम्भिक १०० दिनमै सङ्गठनभित्र अनुशासन, समन्वय र समर्पणको भावना अभिवृद्धि गर्ने वातावरण निर्माण गर्नुभएको समाजशास्त्री शारदा बेलबासेले बताउनुभयो । वरिष्ठदेखि कनिष्ठ प्रहरीसम्म समान व्यवहार, सेवा सुविधा सुधार र राष्ट्रसेवाप्रति प्रतिबद्धताको भावना विकास गर्न नेतृत्वले जोड दिएको बताइएको छ ।

त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक तथा सुरक्षा विश्लेषक उमेशचन्द्र रिजालले पछिल्लो चरणमा प्रहरीले जनताको पक्षमा गरेका काम सकारात्मक र विश्वसनीय रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रतिकूल राजनीतिक अवस्था, सुरक्षा चुनौती र सङ्गठनभित्रको मनोवैज्ञानिक दबाबका बीच पनि नेतृत्वले सङ्गठनलाई एकताबद्ध बनाउँदै निर्वाचन सुरक्षामा केन्द्रित गर्नु सुखद् सङ्केत हो ।”

उहाँका अनुसार सङ्गठनका सदस्यहरू असमञ्जस र मनोवैज्ञानिक दबाबमा रहेका बेला नेतृत्वले देशव्यापी अनुगमन, प्रत्यक्ष उपस्थिति र निरन्तर निर्देशनमार्फत मनोबल उच्च बनाउने प्रयास गरेको देखिन्छ । “यस्तो अवस्थामा शान्तिपूर्ण निर्वाचन सम्पन्न गराउनु नेपाल प्रहरीका लागि ठूलो परीक्षा हो”, उहाँले थप्नुभयो ।

संविधानका ज्ञाता वरिष्ठ अधिवक्ता शिव गौडेलले प्रहरी सङ्गठनले विगतका आन्दोलन र द्वन्द्वका कठिन चरणहरू पार गर्दै देश र जनताको सुरक्षामा निरन्तर योगदान दिँदै आएको उल्लेख गर्नुभयो । उहाँका अनुसार नयाँ नेतृत्वसँगै सङ्गठन पुनः सशक्त रूपमा उभिनु सकारात्मक सङ्केत हो ।

प्रहरी प्रधान कार्यालयले पछिल्लो समय प्रविधिमैत्री सुरक्षा योजना, सूचना सङ्कलन प्रणाली सुदृढीकरण र आकस्मिक परिस्थितिको द्रुत प्रतिकारका लागि तयारीलाई प्राथमिकतामा राखिएको जनाएको छ । समय र परिस्थितिअनुसार सङ्गठनलाई परिमार्जन गर्दै लैजाने रणनीतिअनुसार प्रहरी अघि बढिरहेको दाबी गरिएको छ ।

देशभर एआइजी, एसएसपी तथा अन्य वरिष्ठ अधिकृतहरू प्रदेश र जिल्लामा खटिएर निर्वाचन सुरक्षामा सक्रिय रहेका छन् । उच्च मनोबल, स्पष्ट रणनीति र सङ्गठनात्मक एकताका साथ नेपाल प्रहरी लोकतान्त्रिक अभ्यासको संरक्षण र जनताको सुरक्षामा दृढतापूर्वक उभिएको सुरक्षा निकायको दाबी छ ।

निर्वाचनजस्तो संवेदनशील राष्ट्रिय कार्यलाई सफलतापूर्वक सम्पन्न गराउने दिशामा प्रहरी सङ्गठनले प्रतिकूल अवस्थालाई अवसरका रूपमा रूपान्तरण गर्दै आफ्नो दायित्व निर्वाह गरिरहेको निष्कर्ष सुरक्षा क्षेत्रका जानकारहरूको छ । यो अवस्थामा प्रहरीले देशको सुरक्षाको जिम्मेवारी सम्हालेर निर्वाचनमा नेपाली सेना, सशस्त्र प्रहरीसँगको सम्बन्धमा अगाडि बढ्नु नेपाल प्रहरीको नेतृत्वको सबल पक्ष भएको जनकारहरू बताउँछन् ।