९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

तनहुँका युवामा ब्याडमिन्टन खेलको आकर्षण बढ्दो

तनहुँका युवामा ब्याडमिन्टन खेलको आकर्षण बढ्दो
अ अ+ अ-

तनहुँ। तनहुँका युवामा ब्याडमिन्टन खेलप्रति आकर्षण बढेको छ।

तनहुँको सदरमुकाम दमौली, शुक्लागण्डकी नगरपालिकाको दुलेगौंडा, खैरेनीटार, गाछेपानी, भिमाद नगरपालिकाको भिमाद बजार, म्याग्दे गाउँपालिकाको थर्पु, धयरेमा ब्याडमिन्टन खेलका लागि कभर्डहल बनेपछि युवाहरू यसतर्फ आकर्षित भएका हुन् ।

नियमित रूपमा बिहानदेखि रातिसम्म फुर्सदको समयमा आफूलाई स्वस्थ र तन्दुरुस्त राख्नका लागि युवाहरू समूह मिलाएर ब्याडमिन्टन खेल्ने गर्दछन् । यस खेल युवाहरूको रुचिको पहिलो रोजाइ बनेको खेलाडीहरू बताउँछन् ।

युवाहरू चार जनाको जोडी मिलाएर खेल्न सकिने र छोटो समयमा धेरै पसिना आउने भएकाले यस खेलमा युवाहरूको आकर्षण बढेको प्रशिक्षक तथा खेलाडी विपीन घलेले बताउनुभयो ।

जिल्लाका स्थानीय तहहरूले लगानी गरेर कभर्डहल निर्माण गरेपछि भित्र खेल्ने खेल भएकाले हावापानी, घाम तथा अन्य समयमा पनि खेल्न सहज भएको खेलाडी एवं व्यास नगरपालिकाका योजना शाखा प्रमुख भेषराज तिवारीले बताउनुभयो । व्यास नगरपालिका–१ निवासी प्रदीप न्यौपानेले कार्यालय समयबाहेकको समयमा फुर्सद मिलाएर नियमित रूपमा ब्याडमिन्टन खेल्ने गरेको बताउनुभयो ।

ब्याडमिन्टन प्रतियोगितामा युवाको आकर्षण बढेपछि यहाँ प्रतियोगितासमेत हुने गरेका छन् । ब्याडमिन्टन प्रतियोगितामा धेरै टिमको सहभागिताले यस खेलमा आकर्षण बढेको पुष्टि हुने खेलाडी रामकृष्ण क्षेत्रीले बताउनुभयो ।

म्याग्दे गाउँपालिकाले थर्पुमा म्याटसहितको र धयरेमा कभर्डहल निर्माण गरी खेललाई निरन्तरता दिएको म्याग्दे गाउँपालिका–४ का वडाध्यक्ष दीपककुमार श्रेष्ठले बताउनुभयो । रासस