९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

सिरहाका सबै मतदान केन्द्रमा कर्मचारी खटिए

सिरहाका सबै मतदान केन्द्रमा कर्मचारी खटिए
अ अ+ अ-

सिरह। बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदानका लागि सिरहामा सबै तयारी पूरा भएको छ । जिल्लाका सबै मतदान केन्द्रमा निर्वाचन सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मी खटाइसकिएको छ ।

सिरहाका मुख्य निर्वाचन अधिकृत डा श्रीप्रकाश उप्रेतीका अनुसार चार निर्वाचन क्षेत्रअन्तर्गत २२३ स्थायी र एक अस्थायी गरी २२४ मतदानस्थल तथा ५३१ स्थायी र ३ अस्थायी गरी जम्मा ५३४ मतदान केन्द्र निर्धारण गरिएको छ ।

सबै केन्द्रमा मतपेटिका, सुरक्षण सिल, छेकावारलगायत आवश्यक सामग्री पुर्‍याइसकिएको जनाइएको छ । निर्वाचन कर्मचारीले राजनीतिक दलका प्रतिनिधिसँग सर्वदलीय बैठक गरी मतदानस्थल व्यवस्थापन, मतदाता परिचयपत्र जाँच, अशक्त तथा ज्येष्ठ नागरिकको सहजीकरण, मतदान समय पालना तथा विवाद समाधान प्रक्रियासम्बन्धी सहमति गरेका छन् ।

शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । जिल्लाभर ५३४ मतदान अधिकृत, सोही सङ्ख्यामा सहायक मतदान अधिकृत तथा प्रत्येक केन्द्रमा तीन जनाका दरले सहयोगी कर्मचारीसहित कूल चार हजार ७९४ जना कर्मचारी परिचालन गरिएको छ । रासस