५ असार २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

तालमा डुबेर एक जनाको मृत्यु



अ+ अ-

दाङ। जिल्लाको घोराही उपमहानगरपालिका–१६ स्थित गगटैया तालमा डुबेर आज एक जनाको मृत्यु भएको छ ।

पौडी खेल्ने क्रममा डुबेर अन्दाजी १५ वर्षीय दिवस बुढा मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) रेशम बोहोराले जानकारी दिनुभयो ।

घोराही–१६ ठोक्रिया बस्ने मगर आज दिउँसो होली खेलेर पौडी खेल्ने क्रममा तालमा बेपत्ता हुनुभएको थियो । खोजतलास गर्दा बेलुका मृत अवस्थामा फेला परेको जिल्ला प्रहरीले जनाएको छ । रासस