२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्रामक सामग्री प्रकाशन गर्नेलाई कारबाहीको माग



अ+ अ-

काठमाडौँ। नेपाली कांग्रेसले पार्टी सभापति गगनकुमार थापाको तस्बिर प्रयोग गरी भ्रामक सामग्री प्रकाशन गर्नेलाई कारबाही गर्न माग गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले आज एक विज्ञप्ति जारी गरी लालीगुराँस मिडिया नेटवर्क नामक संस्थाले आफ्नो फेसबुक पेजमार्फत अयन्त्रको तस्बिरमा सम्पादन गरी सभापति थापाको तस्बिर जोडेर भ्रामक सामग्री प्रकाशन गर्नेलाई कारबाही गर्न माग गर्नुभएको हो ।

कांग्रेसले सभापतिको तस्बिर प्रयोग गरेर नेपाली कांग्रेसलाई बद्नाम गराउने कुत्सित मनसायका साथ भ्रामक र कपोलकल्पित सामग्री प्रकाशन गरेकातर्फ गम्भीर ध्यानाकृष्ट भएको जनाएको छ । यस्ता प्रकारका आधारहीन र भ्रम फैलाउने सामग्रीले आमनागरिकलाई दिग्भ्रमित पार्नुका साथै निर्वाचनसम्बन्धी आचारसंहिताको ठाडो उल्लङ्घन भएको कांग्रेसले जनाएको छ ।

यस विषयमा आवश्यक छानबिन गरी प्रचलित कानुनबमोजिम उक्त संस्थालाई हदैसम्मको कारबाही गर्न निर्वाचन आयोग र प्रेस काउन्सिल नेपाललाई आजै लिखित रूपमा जानकारी गराइएको पनि विज्ञप्तिमा उल्लेख छ । रासस