९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न आग्रह

निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न आग्रह
अ अ+ अ-

काठमाडौँ। निर्वाचन पर्यवेक्षण समिति नेपाल (इओसी नेपाल) ले सम्पूर्ण राजनीतिक दल, उम्मेदवार, समर्थक तथा आमनागरिकलाई निर्वाचन आचारसंहिताको पूर्णपालना गर्न आग्रह गरेको छ ।

बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको पर्यवेक्षण गरिरहेको इओसी नेपालले आज विज्ञप्ति जारी गरी स्वतन्त्र, स्वच्छ, विश्वसनीय तथा धाँधलीरहित रूपमा निर्वाचन सम्पन्न गराउने कार्यमा सहयोगका लागि आग्रह गरेको हो ।

गएराति १२ बजेदेखि मौन अवधि सुरु भए पनि डिजिटल प्लेटफर्म तथा सामाजिक सञ्जालमार्फत प्रचारप्रसारजन्य सामग्री प्रकाशन तथा प्रसारण गर्ने गरेको पाइएको जनाउँदै इओसीले त्यस्तो कार्य नगर्न नगराउन सचेत गराएको छ ।

“गएरातिदेखि नै मौन अवधि सुरु भइसकेको छ । त्यसैले उम्मेदवार, दलको पक्षमा मत प्रभावित गर्ने आशयका डिजिटल सन्देश र भ्रामक सामग्रीको सेवर गर्नेलगायत गतिविधि आचारसंहिताविपरीत हो । त्यस्ता गतिविधिको निरन्तरताले निर्वाचन आचारसंहिता उल्लङ्घनका घटना दोहोरिरहेको अवस्था छ । यसमा सबै गम्भीर बनौँ”, विज्ञप्तिमा भनिएको छ ।

विगतका निर्वाचनमा जस्तै यस पटक पनि देशभर दीर्घकालीन र अल्पकालीन गरी सात सय जना राष्ट्रिय पर्यवेक्षक परिचालन गरिएका छन् । विगतको निर्वाचनको तुलनामा यस पटक सामाजिक सञ्जालको व्यापक प्रयोग भएकाले त्यसको दुरुपयोग गरी निर्वाचन आचारसंहिताको उल्लङघन हुनसक्ने भन्दै सुक्ष्म पर्यवेक्षण भइरहेको इओसी नेपालले जनाएको छ ।

केन्द्रिय कार्यालयमा विशेष प्राविधिक टोलीको व्यवस्था गरी विभिन्न सामाजिक सञ्जाल र डिजिटल माध्यमबाट भएका आचारसंहिता उल्लङ्घनका घटनाको पर्यवेक्षण भइरहेको विज्ञप्तिमा उल्लेख छ ।

संस्थाका उपाध्यक्ष बद्रीप्रसाद शिवाकोटीले निर्वाचन सुरु हुन अब एक दिन र केही घण्टा मात्र बाँकी रहेको अवस्थामा निर्वाचन आयोग, नेपाल सरकारलाई आचारसंहिता विपरितका गतिविधि रोक्न र सम्पूर्ण निर्वाचन प्रक्रियाको कडाइका साथ निगरानी तथा पालना गराउन आग्रह गर्नुभयो । उहाँले सुरक्षाका सम्भावित चुनौतीलाई आँकलन गरी सुरक्षा व्यवस्थापन चुस्त बनाउन पनि आग्रह गर्नुभएको छ ।  रासस