१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहाडी क्षेत्रमा आंशिक बादल, साताभरी पर्नेछैन पानी



अ+ अ-

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले देशभर आगामी शनिवारसम्म मौसम सामान्यतया सफा रहने जनाएको छ। विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार, मंगलबार मुलुकका केही पहाडी भू–भागमा आंशिक बदली देखिएको भए पनि वर्षाको सम्भावना छैन।

पौडेलका अनुसार कोशी प्रदेशका ताप्लेजुङ र संखुवासभा तथा गण्डकी प्रदेशको कास्की जिल्लाका एक–दुई स्थानमा मात्रै छिटपुट वर्षाको सम्भावना देखिन्छ, तर यी क्षेत्रका सबै भूभागमा वर्षा हुने अवस्था छैन।

उनले बुधवारको मौसम मंगलबारको तुलनामा केही खुल्ने अनुमान पनि गरे। बुधवार पनि मुलुकका केही पहाडी क्षेत्रमा हल्का बादल लाग्ने सम्भावना छ, तर उल्लेखनीय मौसमी जोखिम देखिएको छैन।

गर्मी सुरु हुँदै गएसँगै दिउँसो तापक्रम बढ्ने र बेलुकातिर पहाडी क्षेत्रमा बादल विकसित भई छिटपुट वर्षा हुने सम्भावना रहेको पौडेलले बताए। यद्यपि यस हप्ताभरि वर्षा वा हिमपातको कुनै जोखिम छैन।

उनले भने, “शनिवारसम्म मौसम सामान्यतया सफा नै छ। आज पहाडी भूभागमा केही बादल लागेको छ, तर वर्षा भएको छैन। ताप्लेजुङ, संखुवासभा र कास्की जिल्लाका एक–दुई स्थानमा मात्र हल्का वर्षाको सम्भावना छ। बुधवार मौसम केही खुल्ने देखिन्छ। अबको गर्मीयाम सुरु हुँदै गएसँगै दिउँसो तात्दै जाने र बेलुकातिर पहाडी क्षेत्रमा छिटपुट वर्षा हुन सक्नेछ, तर यो हप्ताभरि त्यस खालको अवस्था छैन। बिहीवार र शनिवार गण्डकी, बागमती र कोशी प्रदेशका एक–दुई स्थानमा हल्का बादल देखिन सक्छ।”

साथै, मौसमी गतिविधिका कारण मतदान प्रक्रियामा कुनै असर नपर्ने पनि उनले स्पष्ट पारे।