२ श्रावण २०८३, शनिबार
,
Latest
राति १० बजेदेखि नारायणगढ–मुग्लिन–काठमाडौं सडकखण्ड बन्द गर्न निर्णय पल्लवीको ‘सिरानी’ सार्वजनिक गण्डकीका आठ जिल्लामा रात्रिकालीन यातायात बन्द गरिने दर्शकले रुचाएपछि ‘गौँथली’को शो बढाउँदै हल म्याग्दीको विकासमा सघाउने मन्त्री पुनको प्रतिबद्धता राष्ट्रिय आयुर्वेद केन्द्रलाई उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्न मन्त्री मेहताको जोड एसियाडको तयारी गर्न संयोग र योङ्गी दक्षिण कोरिया प्रस्थान क्यानडाको डढेलोको धुवाँको प्रभाव विश्वकप फाइनल खेलमा, युरोपसम्म पुग्न सक्ने : क्याम्स पर्वतमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भारी वर्षाको पूर्वानुमानपछि काठमाडौँ प्रशासनद्वारा यात्रा सचेतना जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिदामा पनि न्यायिक सेवा निरन्तर, निर्वाचन सुरक्षाका लागि रसुवागढी नाका अस्थायी बन्द



अ+ अ-

काठमाडाैँ । कार्यालय बिदा परेका दिनमा पनि रसुवा जिल्ला अदालतले न्याय सम्पादनको कार्यलाई निरन्तरता दिने भएको छ। अदालतले सार्वजनिक गरेको सूचनाअनुसार यही फागुन २०, २२ र २४ गते कार्यालय बिदा रहे पनि बन्दी प्रत्यक्षीकरणसम्बन्धी निवेदनको सुनुवाइ नियमित रूपमा गरिनेछ।

अदालतका अनुसार उक्त अवधिमा बन्दी प्रत्यक्षीकरणका मुद्दाका साथै जिल्लाभित्र कुनै अप्रिय घटना घटेमा पक्राउ पुर्जी जारी गर्ने, पक्राउ परेका व्यक्तिका लागि थुनुवा म्याद थप गर्ने लगायतका अत्यावश्यक न्यायिक कार्यसमेत सञ्चालन गरिनेछ। बिदाका दिनमा पनि नागरिकको मौलिक अधिकार संरक्षण र कानुनी प्रक्रिया अवरुद्ध नहोस् भन्ने उद्देश्यले यस्तो व्यवस्था मिलाइएको अदालतले जनाएको छ।

यसैबीच, जिल्ला प्रशासन कार्यालय रसुवाले भयरहित वातावरणमा आम निर्वाचन सम्पन्न गराउने उद्देश्यले उत्तरी नाका अस्थायी रूपमा बन्द गर्ने निर्णय गरेको छ। प्रशासनले जारी गरेको सूचनाअनुसार रसुवागढी नाका अन्तर्गत पर्ने ल्हेन्देखोलास्थित मितेरी पुल फागुन २१ गते अपराह्न ५ बजेसम्मका लागि बन्द गरिएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार निर्वाचन अवधिमा सुरक्षा सतर्कता बढाइएकाले सीमा क्षेत्रमा आवतजावतमा अस्थायी रोक लगाइएको हो। प्रशासनले नागरिकलाई वैकल्पिक व्यवस्था मिलाएर मात्र यात्रा गर्न अनुरोध गरेको छ।