१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रासका कारण कृत्रिम रूपमा पेट्रोलियम पदार्थको मौज्दात बढाउँदा बजारमा अभाव देखिन सक्छः घिमिरे



अ+ अ-

काठमाडौँ । पेट्रोलियम व्यवसायी शिवप्रसाद घिमिरेले त्रासका कारण कृत्रिम रूपमा पेट्रोलियम पदार्थको मौज्दात बढाउँदा बजारमा अभाव देखिन सक्ने बताएका छन्।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको ‘पश्चिम एसियाको द्वन्द्व : नेपालको अर्थतन्त्र र आपूर्ति व्यवस्थामा पर्ने असर’ विषयक कार्यक्रममा उनले हाल वास्तविक अभाव नभए पनि हल्लाका कारण उपभोक्ताले अत्यधिक स्टक राख्दा समस्या देखिन सक्ने बताएका हुन् ।

उनका अनुसार समस्या हुने भन्ने आशंकापछि पछिल्लो समय पेट्रोलियम पदार्थको खपत तीन गुणासम्म बढेको छ। नेपालले भारतबाट पेट्रोलियम पदार्थ आयात गर्ने र नेपाल आयल निगम एक मात्र आधिकारिक विक्रेता भएकाले तत्काल ठूलो संकटको अवस्था नरहेको उनले स्पष्ट पारे। “आत्तिनुपर्ने अवस्था छैन,” उनले भने।

घिमिरेका अनुसार डिजेल, पेट्रोल र मट्टीतेल पाइपलाइनमार्फत आउने र पर्याप्त मौज्दात समेत रहेकाले ती पदार्थमा तत्काल अभाव नहुने बताए। तर पश्चिम एसियामा जारी द्वन्द्वका कारण उत्पादन कटौती हुनसक्ने, ढुवानी मार्गमा कच्चा पदार्थ अवरुद्ध हुनसक्ने तथा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि हुनसक्ने जोखिम रहेको उनको भनाइ छ।

विशेषगरी खाना पकाउने एलपी ग्यासमा भने समस्या देखिन सक्ने उनले संकेत गरे। नेपालमा ग्यास ढुवानीका लागि पर्याप्त बुलेट सञ्चालनमा नरहेको र भारतीय गाडीमै निर्भर रहनुपर्ने अवस्थाले ढुवानीमा अवरोध आउन सक्ने उनले बताए।

जाडो याम सकिएकाले सामान्य अवस्थामा खपत घट्ने भए पनि त्रासका कारण उपभोक्ताले अनावश्यक रूपमा स्टक राख्दा बजारमा असहज स्थिति देखिएको उनको भनाइ छ।