२४ श्रावण २०८३, आईतवार
,
Latest
तीनबुँदे सहमतिअनुसार कर्णालीमा मन्त्रिपरिषद् विस्तार हुँदै ‘कर नीतिमा स्थिरता र पूर्वाधार सुधार अटोमोबाइल क्षेत्रको मुख्य आवश्यकता हो’ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी परिचालन वैद्यखानाले गति लिएकोमा पूर्वमन्त्री पौडेलद्वारा खुसी व्यक्त, सरकारलाई ६ बुँदे सुझाव भारतको हिमाचल प्रदेशमा बस दुर्घटनाः ८ जनाको मृत्यु, १० घाइते इलाममा अदुवाको आकर्षक मूल्य, खेती विस्तार गर्दै किसान अमेरिकी सिनेटद्वारा सरकारी कामकाज ठप्प हुन नदिन अस्थायी कोष विधेयक पारित कान्ति राजमार्गको स्तरोन्नति तिब्रः ५० प्रतिशत भौतिक प्रगति, समयमै सम्पन्न गर्ने निर्माण व्यवसायीको दाबी चार अर्ब ९३ करोड बढी राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

हतियारसहित भक्तपुरमा एक जना पक्राउ



अ+ अ-
काठमाडाैँ । सशस्त्र प्रहरी बल इन्टेलिजेन्ट ब्यूरोको टोलीले सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश बस्तीबाट हतियारसहित एक जना पक्राउ परेका छन् ।
भक्तपुर जिल्ला प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक प्रकाश जबेगका अनुसार गोरखा पालुङटार नगरपालिका–९ का स्थायी बासिन्दा हाल सूर्यविनायक नगरपालिका–८ भुम्डोलमा बसोबास गर्र्दै आएका ३१ वर्षीय  आयन सेढाईलाई पक्राउ गरिएको हो ।
निजबाट सेल्फ लोडेड राइफल, इन्सास एक थान, त्यसमा प्रयोग हुने चार राउन्ड गोली पनि बरामद गरिएको छ
सादा पोसाकमा खटिएको प्रहरीले छापा मारेर रबरको गोली एक राउन्ड, सटगनमा प्रयोग हुने गोली एक राउन्ड, एउटा खुकुरी र बञ्चरो पनि बरामद गरेको छ ।