३१ जेष्ठ २०८३, आईतवार
,
Latest
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे सहमति प्रस्ताव स्विट्जरल्यान्डमा जनसङ्ख्या १ करोडमा सीमित गर्ने प्रस्तावमाथि निर्णायक मतदान प्रहरी सङ्गठन जनताका पहिलो सरकार होः मुख्यमन्त्री कार्की हर्मुज र आणविक मुद्दामा अमेरिका–इरान सम्झौता नजिक विपी राजमार्ग पुनर्निर्माण तीव्र, असार १५ भित्र भकुण्डेवेशी–नेपालथोक खण्डमा माथिबाट सवारी सञ्चालन गर्ने तयारी ह्वाइट हाउसमा ट्रम्पको ८०औँ जन्मदिनमा यूएफसी ‘फ्रिडम २५०’ आयोजना, खेलकुद कार्यक्रमलाई लिएर विवाद चर्कियो परराष्ट्रमन्त्री शिशिर खनाल चारदिने चीन भ्रमणमा बेइजिङ पुगे, वाङ यीसँग वार्ता गर्ने कार्यक्रम टर्कीलाई २–० ले हराउँदै अस्ट्रेलियाको विजयी सुरुवात लोक सेवा परीक्षामा मात्रै १०-२० वर्ष जीवन खेर फाल्नु उपयुक्त होइन : अध्यक्ष रेग्मी वर्षा अभावले बाँकेमा धानको ब्याड राख्न ढिलाइ, अधिकांश किसान आकाशे पानीकै भरमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, यस्तो छ नयाँ मुल्य…



अ+ अ-

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । बिहीबारदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको खुद्रा मूल्यमा प्रतिलिटर दुई रुपैयाँ बढाएको हो । भारतीय आयल निगमले पठाएको नयाँ मूल्य सूचीअनुसार इन्धनको मूल्य बढेको निगमले जनाएको छ । ‘जनवरी १ मा प्राप्त नयाँ मूल्य अनुसार अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको छ,’ निगमका प्रवक्ता वीरेन्द्र गोइतले भने, ‘स्वाचालित मूल्य सूचीअनुसार इन्धनको मूल्य समायोजन गर्दा पेट्रोल/डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ बढेको छ ।’

हवाई इन्धन र खाना पकाउने एलपी ग्याँसको मूल्यमा भने कुनै पनि परिवर्तन नगरिएको निगमका प्रवक्ता गोइतले जानकारी दिए । नयाँ मूल्यअनुसार डिपो र बिक्री बिन्दुदेखि १५ किलोमिटर क्षेत्रभित्र पेट्रोलको खुद्रा बिक्री मूल्य काठमाडौं (थानकोट), सुर्खेत र दिपायलमा १ सय ११ रुपैयाँ प्रति लिटर कायम हुनेछ । त्यसैगरी पोखरा, दाङमा १ सय १० रुपैयाँ ५० पैसा प्रति लिटर हुने र अन्य तराई क्षेत्रमा १ सय ९ रुपैयाँ ५० पैसा निर्धारण गरेको निगमले जनाएको छ ।

डिजेल/मट्टितेलको खुद्राबिक्री मूल्य १ सय रुपैयाँ निर्धारण गरिएको छ । त्यस्तै, डिजेल/मट्टितेलको मूल्य पोखरा, दाङको लागि ९९ रुपैयाँ ५० पैसा र अन्य तराई क्षेत्रका लागि ९८ रुपैयाँ ५० पैसा तोकेको निगमले जनाएको छ । सौर्य दैनिकबाट




भर्खरै