२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मौन अवधि सुरु: रुपन्देही प्रशासनद्वारा आचारसंहिता कडाइका साथ पालना गर्न आग्रह



अ+ अ-

काठमाडाैँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै रुपन्देही प्रशासनले मौन अवधिमा निर्वाचन आचारसंहिता कडाइका साथ पालना गर्न सबै राजनीतिक दल, उम्मेदवार तथा सर्वसाधारणमा आग्रह गरेको छ।

निर्वाचन आचारसंहिता, २०८२ अनुसार गएराति १२ः०० बजेदेखि लागू हुने गरी मौन अवधि सुरु भइसकेको सहायक प्रमुख जिल्ला अधिकारी तथा निर्वाचन आचारसंहिता अनुगमन अधिकृत मातृका आचार्यद्वारा जारी सूचनामा उल्लेख गरिएको छ। मौन अवधिमा निर्वाचन प्रचारप्रसारसँग सम्बन्धित कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी लगायतका कार्यक्रम सञ्चालन गर्न नपाइने स्पष्ट पारिएको छ।

यसैगरी मतदान हुनुभन्दा ४८ घण्टा अगाडि मतदानस्थलको ३०० मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचार सामग्री हटाउन निर्देशन दिइएको छ। मौन अवधिभर कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न तथा निर्वाचन प्रचारप्रसार गर्न पूर्ण रूपमा रोक लगाइएको प्रशासनले जनाएको छ।

सूचनामा सामाजिक सञ्जाल, अनलाइन पोर्टल, छापा माध्यम वा अन्य कुनै माध्यममार्फत राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा सन्देश, सूचना तथा प्रचार सामग्री पोस्ट, सेयर वा प्रतिक्रिया दिन समेत नपाइने उल्लेख गरिएको छ। प्रशासनले आचारसंहिता उल्लङ्घन गरे कानुनी कारबाही हुने चेतावनीसमेत दिएको छ।