११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

समृद्धिका लागि अनुसन्धान, नवप्रर्वतन र आविस्कारलाई प्राथमिकता दिएको हो : मन्त्री पुन

समृद्धिका लागि अनुसन्धान, नवप्रर्वतन र आविस्कारलाई प्राथमिकता दिएको हो : मन्त्री पुन
अ अ+ अ-

म्याग्दी। विज्ञान, प्रविधि तथा नवप्रर्वतनमन्त्री महाविर पुनले नेपालको समृद्धिका लागि सरकारले अनुसन्धान, नवप्रर्वतन र आविस्वकारलाई सरकारले प्राथमिकता दिएको बताउनुभएको छ ।

धवलागिरी गाउँपालिका समाजले आज काठमाडौँमा आयोजना गरेको समृद्ध म्याग्दीमा जनप्रतिनिधिहरूको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा मन्त्री पुनले नेपालमा आवश्यक औजार, उपकरण, सामग्री र वस्तुको उत्पादन गरी रोजगारी सिर्जना तथा आयात घटाउन अनुसन्धानमा जोड दिइएको बताउनुभयो ।

“ओझेलमा परेको अनुसन्धान र आविस्कारको क्षेत्रमा वर्तमान सरकारले प्राथमिकता दिएको छ”, म्याग्दीबाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका उहाँले भन्नुभयो, “देशका लागि आवश्यक जनशक्ति उत्पादन गर्ने र दक्ष जनशक्तिलाई अवसरका लागि पलायन हुन नदिने गरी मन्त्रालयले कार्यक्रम बनाएको छ ।”

मन्त्री पुनका साथै धवलागिरी, मालिका र अन्नपूर्ण गाउँपालिकाका जनप्रतिनिधि र काठमाडाँैमा बसोबास गर्ने म्याग्दीवासीहरूबीच म्याग्दीलाई कसरी समृद्ध बनाउन सकिन्छ भन्ने विषयमा छलफल भएको थियो । कृषिको आधुनिकीकरण, जलविद्युत्, पर्यटन, पशुपालनको माध्यमबाट म्याग्दीलाई समृद्ध बनाउन सकिने उहाँको भनाइ थियो ।

म्याग्दीमा प्रमुख सामाजिक समस्याको रुपमा रहेको मेलाजात्रालाई व्यवस्थित नगरेसम्म शिक्षा क्षेत्रको सुधार हुन् नसक्ने मन्त्री पुनले बताउनुभयो । “टोलटोलमा लगातार मेलाजात्रा लगाउँदा किशोरकिशोरीहरूको पढाइ नराम्ररी बिग्रेको छ”, उहाँले भन्नुभयो, “नामका लागि विदेशबाट मेलाका लागि लाखौँ रकम प्रायोजन गर्ने र गाउँमा हप्तौँ मेला लगाउने चलन हटाउन सकेमा म्याग्दीको शिक्षा र समाजको सुधार हुन्छ ।”

सङ्घीय सरकारले यसवर्ष धवलागिरी गाउँपालिकाको मुदीदेखि गुर्जा हुँदै ढोरपाटनको जलजला र अन्नपूर्ण गाउँपालिकाको दोवादेखि सोवाङ धुरी हुँदै रघुगङ्गा गाउँपालिकाको चिमखोला जोड्ने दुई वटा नयाँ पदमार्ग सञ्चालनमा ल्याउने बताउनुभयो ।

बेनी–दरवाङ सडकको फापरखेत र बेनी–जोमसोम सडकको सिरुवारी पहिरो नियन्त्रणको काम वर्खा सकिने वित्तिकै सुरु हुने मन्त्री पुनले जानकारी गराउनुभयो । सङ्घीय सरकारले म्याग्दीमा रणतीनिक महत्वका सडक आयोजनालाई प्राथमिकता दिने बताउनुभयो ।

पाकिस्तानको ब्रड पिक आरोहणका क्रममा दिवङ्गत भएका म्याग्दीमा जन्मिएका पर्वतरोही निर्मल पुर्जासहितका पर्वतारोहीहरूको सम्मानमा सरकारले उचित निर्णय लिने मन्त्री पुनको भनाइ थियो ।

धवलागिरीका अध्यक्ष प्रेमप्रसाद पुन, उपाध्यक्ष रेशम पुनमगर, मालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजा र अन्नपूर्णका अध्यक्ष भारतकुमार पुन लगायतले म्याग्दीको सम्भावना, आवश्यकता भएका कामको विषयमा मन्त्री पुनको ध्यानाकर्षण गराउनुभएको थियो । रासस